Loading... आजः २ कार्तिक २०८२, आईतवार

मूल्यवृद्धिको विरोधमा आयल निगम प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो ।

अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको थियो।


सम्बन्धित समाचार