Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

सुर्खेतका ४६ ग्रामिण बस्तीलाई बिजुलीको पहुँचमा पुर्‍याइँदै

नयाँ लाइन विस्तारका लागि करिव सात कराेड वजेट विनियाेजन ।

सुर्खेत । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत कणर्ालीको राजधानी सुर्खेतका ४६ वटा ग्रामिण वस्तीहरुमा विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेतले ग्रामिण विद्युतिकरण कार्यक्रम अन्तर्गत ११ केभिए प्रसारण लाईन विस्तारको कामलाई तीव्रता दिन लागेको हो ।

जसका लागि करिव सात करोड बजेट समेत विनियोजन भएको छ । नयाँ विस्तार हुने प्रसारण लाइनमा सुर्खेतको सिमासँग जोडिएको बराहताल गाउँपालिका वडा नं. ८ भट्टेघारीदेखि चेपाङसम्म, जनज्योति माध्यमिक विद्यालयदेखि गिद्धमारे, साजपानी, उँदोखोला, कुनाखेत, धुलिचौर र दमारसम्म लाइन विस्तार हुनेछ । जसका लागि एक करोड २५ लाख वजेट विनियोजन भएको छ ।

पञ्चपुरी नगरपालिकाको च्यूरीखेतदेखि हाँसेगाउँलाई पनि विद्युतको पहुँचमा पुर्‍याइने छ । यसका लागि ८५ लाख रकम छुट्याइएको छ । यस्तै ८५ लाख कै लागतमा पश्चिम सुर्खेतको विजौरादेखि लगामसम्म ११ केभिए लाईन तानिने छ । यस्तै नयाँ विस्तार हुने लाईनमा भेरीगंगा नगरपालिकाका १९ र सिम्ता गाउँपालिकाका सात वटा ग्रामिण वस्तीहरु समावेस हुनेछन् ।

जसमा भेरीगंगाका दुई वटा आयोजनाका लागि एक करोड एक लाख र सिम्ता गाउँपालिमा विद्युतीकरण र ट्रान्सफर्मर निर्माणका लागि २५ लाख वजेट विनियोजन भएको छ । यस्तै सदरमुकाम वीरेन्द्रनगरको अमृतडाँडादेखि देउतीबज्यै, ढोडेखाली नौलोकटेज र बुद्धबुद्धीमा पनि ११ केभीए नयाँ विद्युत लाईन विस्तार गरिने छ । यस क्षेत्रमा ट्रान्सफर्मर र लाईन विस्तारका लागि एक करोड १५ लाख रकम छुट्याइएको छ ।

यी क्षेत्रमा चालु आर्थिक वर्ष २०७८/०७९ भित्रै विद्युतीकरण गरि सक्ने गरी ठेक्का अगाडी बढेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए । सो कार्यका लागि सुर्खेत वितरण केन्द्रले आइतबार बोलपत्र आह्वानसमेत गरि सकेको छ ।


सम्बन्धित समाचार