Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

स्थानीय तहको चुनाव जेठ ४ मा गर्ने समझदारी

काठमाडौँ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन २०७९ सालको जेठ ४ गते गर्ने समझदारी भएको छ । मंगलबार प्रधान मन्त्री शेरबहादुर देउवा र मन्त्रीहरू तथा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने सरकारको तयारी रहेको जानकारी आयोगका पदाधिकारीलाई गराएकोमा त्यो मितिमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकारीले बताएका थिए ।

प्रधान मन्त्री देउवाले सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउँदै तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन्। आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।


सम्बन्धित समाचार