Loading... आजः ४ पुष २०८१, बिहीबार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेका जनसंगठनले साउन २८ गते सुर्खेतमा प्रर्दशन गर्ने

सुर्खेत ।
महंगी र भ्रष्टाचारविरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा नेकपा (एमाले) ले साउन २८ गते वीरेन्द्रनगरमा विरोध प्रर्दशन गर्ने भएको छ । जनसंगठन संयन्त्रको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रर्दशन गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ १२ गते कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको भेला बोलाउने निर्णय गरेको छ । सोही दिन पार्टीको प्रदेशस्तरीय प्रशिक्षण पनि हुनेछ ।

इञ्चार्ज कँडेलले जनसंगठनहरुमा सांगठनिक अराजकता बढेको भन्दै आफूखुसी संगठन चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताए ।

जनसंगठनहरु पार्टीको शक्ति एवं नेता उत्पादन गर्ने संयन्त्र रहेको भन्दै जनसंगठनलाई व्यवस्थित, अनुशासित र चलायमान बनाउने कुरामा ध्यान दिन आग्रह गरे ।

 


सम्बन्धित समाचार