Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतमा डेढ करोडको लागतमा पूर्व स्वास्थ्यकर्मी घर्तिले खोले ड्रागन फर्म 

एक घर एक ड्रागन अभियान सुरु गर्न आव्हान

सुर्खेत ।
कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पछिल्लो समयमा ड्रागन खेतितर्फ आकर्षण बढन थालेको छ । कर्णालीमा पहिलोपटक ड्रागन खेतिको विकास हुन लागेको छ । बजारमा आठ सय रुपैंया प्रतिकिलो पर्ने यो खेतिका लागि युवाहरुमा आकर्षण बढदै गइरहेको हो । यहि सिलसिलामा श्रीमती अमेरिका भएपनि झण्डैएक दशक स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ बर्षिया युवा हिरा बहादुर घर्तीले डेढ वर्ष देखि ड्रागन खेति सुरु गरेका छन् ।

झण्डै डेढ करोड लगानी गरेका घर्तिले कृष विकास बैंकबाट सहुलियत व्याजदरमा ७० लाख भन्दा बढि रुपैंया व्याज लिएका छन् । यसका अलावा घर्तीलाई कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले ५० हजार सहयोग समेत गरेको छ ।
वाँकी लगानी उनकै हो ।

उनले १ विघा जमिनमा ४ हजार बोट रातो र सेतो ड्रागनका विरुवा रोपेका छन् । ड्रागनले उत्पादन समेत दिन सुुरु गरिसकेको छ ।

पहिलो चरणमा लगाएका बोटहरुबाट फल निकालिसकेको र अहिले दोस्रो चरणको फल पाक्ने बेला भएको छ,’उनले भने, ‘तेस्रो चरणका बिरुवा फस्टाईरहेको छन् भने चौथो र पाचौं चरणमा बोटहरु क्रमशः हुर्कदै गइरहेका छन् ।’ ड्रागन फ्रुट गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल्ने गर्छ । बर्षमा चार चरणसम्म यो फल फल्ने गर्छ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । ड्रागन फ्रुट रोपेको १६ बर्षसम्म उत्पादन लिन सकिन्छ । हाल यो फल प्रति केजी ८ सय सम्ममा बिक्री हुने गरेको छ । घर्तीले सो फलको बिरूवा पनि प्रति गोटा २०० रूपैयाँ सम्ममा बेच्ने गरेका छन् ।

उनले यो फललाई ‘राजा’ फलको रुपमा समेत बताए । ‘एक घर एक ड्रागन’ अभियान नै सुरु गर्न आवश्यक देखिएको उनको भनाई थियो ।

‘यो फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने र मुटु स्वस्थ राख्न, शरीरको तौल सन्तुलन गर्न, क्यान्सर सम्बन्धि रोग, वाथ रोग लगाएत अन्य धेरै रोगहरुको न्यूनीकरणका लागि ड्रागन सेवन फाईदाजन हुने भएकोले प्रत्येक व्यक्तिले आ–आफ्नो घरमा ड्रागन रोपि नियमित सेवन गर्ने गर्दा हाम्रो स्वास्थमा धेरै फाईदा पु¥याउँछ ।’ उनले भने ।
‘एक विगाहा क्षेत्रफलमा ९७६ विरुवा लगाएको छु ।’ उनले भने, ‘हाी अहिले पारिवारिक रुपमा नै सबै यो पेशामा होमिएका छौं । मेरो मिसेस अमेरिकामा हुनुहुन्छ ।’ उनको वगैंचामा हाल दैनिक नौ दश जनाले रोजगारी समेत पाइरहेका छन् ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले ड्रागन प्रुटका लागि अहिले बजार अभाव नभएको बताए । ‘हामीले धेरै स्थानमा यो खेतिलाई प्रोत्साहन दिइरहेका छौं ।’ उनले भने, ‘हिराबहादुर जस्तै लगाएतका युवाहरु स्वयम् सक्रिय भएर अहिले नयाँ सोचका साथ कृषी क्षेत्रमा आएको र यसले यस क्षेत्रको बिकास र युवाहरुको आकर्षणमा महत्वपूर्ण भुमिका खेल्ने पाइएको छ ।’

गतवर्ष उहाँ कार्यालयमा ढिलो आएको बताउँदै घर्तिको आत्मबल बढाउनकालागि सर्पोट गरिएको बताए । ‘कृषि पेशामा मनै देखि लाग्छु भनेर आएका कृषकलाई प्रदेश सरकारको स्रोतले भ्याएसम्म सहयोग र सर्पोट गर्छौं ।’

 


सम्बन्धित समाचार