‘युवालाइ सडकमा मात्रै होईन, सदनमा पनि उर्जावान उमेर मै पु¥याऔं’
सुर्खेत ।
अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रास्ट्रिय युवा परिषदले यस बर्ष श्रावण २३ गते कर्णालीका युवाका जल्दाबल्दा मुद्दा उठान गरि त्यसको समाधान गर्ने उद्देश्य बमोजिम ‘कर्णाली युवा संवाद’ कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रममा एकजना युवाले गरेको प्रश्नले सबैको ध्यानाकर्षण गर्न सफल भए । ती प्रश्न सोध्ने युवा प्रदेश युवा कल्ब संजाल, कर्णाली प्रदेशका ईन्चार्ज, भगवतीमाई गाउँपालिका –४, तुर्सु निवासी राजेन्द्र अधिकारी थिए ।
उनी पछिल्लो चार बर्ष देखि युवाहरू लाई उत्प्रेरित गर्ने अभियानमा सक्रिय भएर लागेका छन् ।
उनले गरेका मुख्य तीन प्रश्न निम्न बमोजिम थिए ः
१) प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिने उमेर २५ बाट घटाएर २१ मै पु¥याउन आबश्यक ।
२) ३० बर्ष मुनिका युवाहरुको लागि हरेक पार्टीले जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य र केन्द्रिय कमिटी सदस्यको लागि ३०% कोटा अनिवार्य छुट्याउन आबश्यक ।
३. प्रत्यक्ष र समानुपातिक कोटामा पनि हरेक पार्टीले ३० बर्ष मुनिका युवाका लागि ३०% कोटा छुट्याउन आबश्यक ।
‘बहुदलीय ब्यवस्थामा हरेक पार्टीलाई बलियो, सशक्त, गतिशील र निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने बनाउन पनि युवाहरूको भुमिका महत्त्वपूर्ण हुने भएकाले, राजनीति बुझ्ने हरेक युवाले मेरो यो ३०÷३० को अभियान मन पराउने छन् र आ– आफ्नो दलमा यो कुराको माग गर्ने छन् ।’ युवा अधिकारी पहिलोप्रेससँग भन्छन ।
युवाको सहभागिता बढाउन, हरेक पार्टीमा परिवर्तनको सन्देश दिन, युवा मतदाताको आकर्षण बढाउन, युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न पनि (३०÷३० को अभियान ) देशब्यापी हुन जरुरी छ ।
पहिलोप्रेस
४ भाद्र २०७९, शनिबार ०७:५०