‘पिन’ कर्णालीको अध्यक्षमा पोखरेल निर्वाचित
सुर्खेत ।
प्रोग्रेसिभ ईन्जिनियर एसोसिएसन नेपाल (पिन)कर्णाली प्रदेशको दोस्रो अधिबेसनबाट अध्यक्षमा टीकाराम पोखरेल निर्वाचित भएका छन् ।
आज सम्पन्न अधिवेशनले उनको नेतृत्वमा १९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुरेन्द्रजंग शाही, सचिवमा वालाराम तिवारी, सह–सचिवमा सन्तोष थापा र कोषाध्यक्षमा योगेन्द्र बुढा चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा सरोज न्यौपाने, अमित पौंडेल, सागर लम्साल, कौशल के सि, मेनुका भण्डारी, बबिता गुरुङ्ग, खगेन्द्र केसी, गोपाल घिमिरे, चेतन उपाध्याय, प्रवीण पुलामी मगर, क्षेत्र बोहरा, पुष्पराज उपाध्याय, कृष्ण बहादुर खड्का र विकास जिसी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफूले इन्जिनियरहरुको हितमा काम गर्ने बताए ।
‘हामी कर्णालीका इन्जिनियरमाथि हुने विभिन्न खालका विभेद अन्त्य गर्न लागिपर्नेछौं ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भने, ‘हाम्रा समस्यालाई समाधान गर्न निरन्तर पहल गर्नेछौं ।’
पहिलोप्रेस
४ भाद्र २०७९, शनिबार १९:२३