Loading... आजः ४ पुष २०८१, बिहीबार

दश महिना पछि दैलेखको चामुण्डा एमालेले पायो पदाधिकारी, अध्यक्षमा शाही चयन

सुर्खेत ।
नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगरकमिटिले दश महिना पछि पूर्णता पाएको छ । संघ तथा प्रदेश निर्वाचनको मुखैमा चामुण्डाविन्द्रासैनी नगरकमिटिले पूर्णता पाएको हो ।

आज नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, पोलिटव्यूरो सदस्य लक्ष्मी पाखेरलेले पदाधिकारी टिमको घोषणा गरेका हुन ।

अध्यक्षमा रविन्द्रबहादुर शाही चयन भएका छन् भने उपाध्यक्षमा नन्दप्रसाद न्यौपाने चयन भएका हुन । सचिवमा दिनेश विक चयन हुँदा उपसचिवमा भने कर्णबहादुर विष्ट र पुष्पा शाही चयन भएका छन् ।

दैलेखमा संघीय र प्रदेश उम्मेदवारको दाबी भई मतदान हुने स्म्भावना बढेको समयमा नगर पदाधिकारी चयन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यी पाँचै जना पदाधिकारीले प्रदेश तथा संघका उम्मेदवारलाई मतदान गर्न पाउने भएका कारण पनि यसलाई महत्वका साथ लिइएको हो ।

नवनिर्वाचित अध्यक्ष शाहीले पहिलोप्रेससँग कुरा गर्दै दश महिना पछि नगरकमिटिले पूर्णता पाएको र अब पार्टीका गतिविधिहरु तीव्रताका साथ सञ्चालन गर्ने बताए ।

‘हामीले सबै साथीलाई समेटेर अघि बढने योजना बनाएका छौं । अब रफ्तारमा नगर कमिटिले मंसिर चार गतेको निर्वाचनमा पार्टीलाई जिताउने मिसनका साथ कदम अघि बढाउँछ ।’ उनले भने ।

 


सम्बन्धित समाचार