Loading... आजः ५ बैशाख २०८२, शुक्रबार

सुनथराली विमानस्थलमा कहिले उडला ‘चिलगाडी’ ?

सुर्खेत ।
कालिकोटको सुनथराली कोटवाडा विमानस्थल निर्माण सुरु भएको ३७ वर्ष वित्दा पनि पुरा हुन नसक्दा कालिकोटका जनता निराश हुन थालेका छन् ।

२०४२ साल जेठदेखि निर्माण सुरु गरिएको उक्त कोटवाडा बिमानस्थल निर्माण सम्पन्न नहुँदा कालिकोटवासी निराश हुन थालेको नरहरीनाथ गाउँपालिकाका गोकर्ण प्रसाद उपाध्यायले गुनासो गरेका छन् ।

‘बिमानस्थल निर्माण सम्पन्न नहुँदै २०७३ माघ २९ गते हवाइजहाजको सफल अवतरण भएको यो विमानस्थलमा त्यसपछि अर्को विमान देख्न पाइएको छैन ।’ आचार्यले भने, ‘तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरले परीक्षण उडान गर्दा कोडबाडामा मानव सागर उर्लिएको थियो ।’

सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनाएको थियो ।

सेनाले स्थानीय प्रयोग गरेर अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ ।
बिमानस्थलका अरु संरचना निर्माण सम्पन्न भएपनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन् ।

संझौता अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले बिमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो । बिमानस्थल कालोपत्रेको ठेक्का गौरी÷पार्वती÷श्याम एण्ड शंकर जेभीले लिएको छ ।

६ सय ९० मिटर लामो र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे र नाली निमार्शणका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । बिमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ ।

 


सम्बन्धित समाचार