Loading... आजः ५ बैशाख २०८२, शुक्रबार

सहिदहरुको सम्मानमा सरकार सदैव अग्रसर छः मुख्यमन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा बलिदान दिएका सहिदहरुको सम्मानमा कर्णाली सरकार सदैव अग्रसर रहेको बताएका छन् ।

आज उनले एक विज्ञप्ती जारी गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिनुहुने सहिदहरुको सम्झनामा ‘सहिद स्मारक पार्क’ स्थापना गरिएको बताएका हुन । ‘सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्तिलगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । चालू आर्थिक वर्षवाट सहिद परिवार भत्ताको व्यवस्था पनि प्रदेश सरकारले गरेको छ । प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदहरुको सपना पूरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ ।’ उनले भनेका छन् ।

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ’समृद्ध कर्णाली सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोचलाई पूरा गर्न ६व’ बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार सबैको सहकार्य र सरोकारको मूल कार्यनीतिका साथ प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ ।


सम्बन्धित समाचार