‘कर्णालीको विकास गर्न माओवादी प्रतिबद्ध’
सुर्खेत ।
नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि नेकपा माओवादी प्रतिबद्ध भएको जनाएका छन् । प्रदेश प्राप्त भएको दिनलाई स्मरण गर्दै आज जारी प्रेस विज्ञप्तीमा उनले यस्तो जनाएका हुन ।
‘प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न हाम्रो दल नेकपा माओबादी केन्द्रः प्रतिबद्धताका साथ लागिरहेको विश्वास दिलाउन चाहन्छु ।’ उनले भनेका छन्, ‘भौगलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडी रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडी ल्याउन हाम्रो दल अगाडी बढिरहेको छ । प्रदेश स्थापना दिवस तथा सहिद दिवसको यो गौरवमय अवसरमा हाम्रो दलको यो अभियानमा सबै तह र तप्काको सहयोगको लागि हार्दिक आव्हान गर्दछ ।’
उनले प्रदेश स्थापना दिवस तथा सहिद दिवस २०७९ ले बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरूप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्ने प्रेरणा दिने विश्वाससहित शुभकामना समेत व्यक्त गरे ।
पहिलोप्रेस
४ भाद्र २०७९, शनिबार १०:४३