वीरेन्द्रनगरले जेठ १५ सम्म सबै आयोजना कार्यान्वयन गरिसक्ने
सुर्खेत ।
कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिका वीरेन्द्रनगरले आगामी जेठ १५ सम्म सबै आयोजना कार्यान्वयन गरिसक्ने भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन गरिएका पूर्वाधार तर्फका योजना समयमै कार्यान्वयन गर्न वडा अध्यक्षहरु र प्राविधिकहरु सहित आज बसेको संयुक्त बैठकले उत्तः निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले बताईन ।
‘समय अगावै योजना सम्पन्न गर्न आवश्यक देखिएको छ । जेठ १५ भित्र योजना निर्माण सम्पन्न भएको खण्डमा असारे चटारोले नछोप्ला । अझ भन्ने हो भने गुणस्तरीय योजना निर्माणमा यसले योगदान दिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले भनिन् ।
पहिलोप्रेस
८ भाद्र २०७९, बुधबार १५:४०