एमाले केन्द्रीय कमिटि वैठक बस्दै
सुर्खेत ।
नेकपा एमालेको केन्द्रीय कमिटिको वैठक आज विहान ११ बजे बस्ने भएको छ । नेकपा एमाले पोलिटव्यूरो सदस्य गुलावजंग शाहका अनुसार वैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने भएको हो ।
केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
उनका अनुसार वैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीति बनाउने, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने, गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी भएको छ ।
पहिलोप्रेस
१० भाद्र २०७९, शुक्रबार ०९:०२