Loading... आजः ५ मंसिर २०८१, बुधबार

सुर्खेत आएका प्रचण्ड भन्छनः चितवन तीनबाटै चुनाव लडछु, बादलको र मेरो तुलना हुँदैन

सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावमा चितवन तीन नम्बरबाट चुनाव लडने बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि हुन सुर्खेत आएका प्रचण्डले रामबहादुर थापा बादलको र आफ्नो त्लना नहुने बताएका छन् ।

नेकपा एमालेसँग चुनावमा गठबन्धन गराएर जाने विषय असम्भव भएको समेत बताए । ‘एमालेसँग हामीले भन्दै आएका कुरा के हो भने विगतका संसद विघटन देखि अन्य सबै कामको आत्मसमिक्षा गर्न आवश्यक छ ।’ उनले भने, ‘त्यो नभएसम्म एमालेसँग कुनै सहकार्य हुने सम्भावना छैन ।’

उनले गठबन्धन दलहरुबीचमा सिटको संख्यामात्र नभई प्रदेश र क्षेत्र समेत एकैपटक टुंगोमा पु¥याउने गरि अघि बढिएको बताए ।
‘संघमा सिट पाउने दलले प्रदेशमा नलडने तथा प्रदेशमा लडने दलले संघमा दाबी नगर्ने गरि हामी अघि बढिरहेका छौं ।’

उनले भने, ‘हिजो अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पुर्याएर अब एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज दिनभरी काम गरिँदैछ, प्रचण्डले भने, ‘आजको काम सकिएपछि भोलि बसेर क्षेत्र, प्रदेशस समेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौं ।’
अध्यक्ष प्रचण्डले आगामी चुनावमा जाँदा सबै दलहरु आफ्नै दलको चुनाव चिन्हबाट लडने बताए ।

‘वामदेव जी र बाबुराम जिले हसिया हतौडाबाटै चुनाव लडनु हुन्छ । नेकपा एससँग पार्टी एकता समेत हुन्छ । त्यसका लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढाइरहेका छौं ।’


सम्बन्धित समाचार