Loading... आजः ५ मंसिर २०८१, बुधबार

काँग्रेस दैलेख दुइ नम्बरले ग¥यो उम्मेदवार सिफारिस

प्रदेशमा उम्मेदवार बन्नेको संख्या धेरै

सुर्खेत ।
नेपाली काँग्रेस दैलेख निर्वाचन क्षेत्र नम्बर दुइले प्रदेश तथा संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश क्षेत्रीय कार्य समिति ‘ख’ का सभापति खगेन्द्र बहादुर शाहीका अनुसार प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस भएको छ ।

नाम सिफारिस हुनेमा कृष्ण प्रसाद जैसी, भुपेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, लिलाराम उपाध्याय, शेरबहादुर शाही, इश्वर विष्ट, गणेशबहादुर शाही, सर्पराज शाही, नारायण रेग्मी, वासुदेव शर्मा रहेका छन् ।

यस्तै, प्रदेश तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस भएको छ । उनका अनुसार इन्द्रा कुमारी शाही, दिपा बोहोरा माझी, निशा थापा महिलातर्फबाट सिफारिस भएका छन् ।

खस आर्यतर्फ खड्क बहादुर शाही, चन्द्र बहादुर शाही, प्रेमप्रकाश शाही, भगवती उपाध्याय सिफारिस हुँदा अपांगतर्फ चक्रबहादुर शाही सिफारिस भएका हुन ।

संघमा प्रत्यक्षतर्फ पाँच जनाको दाबी परेको छ । शिवराज जोशी, दिक्पाल कुमार शाही, मधुविक्रम खनाल, रंगबहादुर शाही, योगेन्द्र पन्त छन भने समानुपातिकमा महिलाबाट सिता कुमारी राना र अपांगबाट नरबहादुर खड्का सिफारिस भएका हुन ।


सम्बन्धित समाचार