Loading... आजः ५ मंसिर २०८१, बुधबार

‘बालेन’को हावा पुग्यो वीरेन्द्रनगर

अनधिकृत संरचना हटाउन निर्देशन
पत्रकार चिन्तामणि शर्माको फेसबुकबाट ।

सुर्खेत ।
काठमाडौंका मेयर बालेन शाहले चलाएको अभियान सुर्खेत आइपुगेको छ । वीरेन्द्रनगर नगरपालिका ३ नं वडा कार्यालयले सार्जजनिक जग्गा अतिक्रमण गरी अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएको छ ।

वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिनै निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएका हुन ।

सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमअनुसार हटाउने भनिएको छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए।

उहाँका अनुसार जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय नं. ७ मा सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ ।

वीरेन्द्रनगर ३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ ।

खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षातमा बाढी, कटानको समस्या देखिएको वडाध्यक्ष विष्टको भनाई छ ।


सम्बन्धित समाचार