Loading... आजः ५ मंसिर २०८१, बुधबार

कर्णालीका भाग्यमानी जिल्ला, जसले मन्त्री देखि मुख्यमन्त्री पाए

फ्लोरक्रसवाला झन भाग्यमानी !

सुर्खेत ।
कर्णाली प्रदेशमा दश जिल्ला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ सिट छ भने समानुपातिक तर्फ जम्मा १६ सिट छ ।

दश जिल्ला मध्य पाँच वर्षको अवधीमा दुई जिल्लाले मुख्यमन्त्री पाएका छन् । कालिकोटले संस्थापक मुख्यमन्त्रीको रुपमा महेन्द्रबहादुर शाहीलाई पायो ।

उनले झण्डै ४४ महिना मुख्यमन्त्रीको रुपमा कर्णाली प्रदेश सरकार चलाए । उनको जिल्लाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय समेत पायो । जसको मन्त्री कुर्मराज शाही भए । उनी एमालेबाट निर्वाचित भएपनि फ्लोरक्रस गरेर हाल समाजवादीमा छन् ।

यस्तै, दोश्रो भाग्यमानी जिल्ला हुम्ला हो । प्रत्यक्षमा एक सीट जितेको नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही हुन । उनी हाल मुख्यमन्त्री छन् । उनको जिल्लाबाट गैरसांसद ‘मुर्तिचोर’ आरोपित कार्चेन लामा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बने । तत्कालिन नेकपा सरकारमा सामाजिक विकास मन्त्रीको रुपमा दल रावल मन्त्री बनेका थिए ।

मन्त्री बनाउनेमा सबैभन्दा बढि भाग्यमानी जिल्ला रुकुम पश्चिम हो । यहाँबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा विमला केसीले काम गरिन भने आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा गोपाल शर्माले समेत काम गरे ।

अब रातो कामी समेत आर्थिक मामिला मन्त्री बन्दैछन् ।

सल्यानबाट प्रकाश ज्वाला मात्रै मन्त्री बने । उनी हाल नेकपा समाजवादीका उपमहासचिव छन् । उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । उनले फ्लोर क्रस गर्दा तत्कालिन सरकार जोगिएको थियो ।

जाजरकोटबाट गणेश प्रसाद सिंह हाल उर्जा तथा जलस्रोत मन्त्री छन् । अबको दुइ तिन दिनमा कृष्णा शाह सम्भवतः यहि मन्त्रालयमा नयाँ मन्त्रीको रुपमा भित्रनेछिन् ।

सुर्खेतबाट खड्क खत्री भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भए । सिता नेपाली आन्तरिक मामिला तथा कानून मन्त्री भईन । यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री भए भने आर्थिक मामिला मन्त्री विन्दमान विष्ट भए । सुर्खेतमा करिब एक दर्जन सांसद छन् ।

दैलेख सरकारमा सहभागिको हिसाबले अभाग्यमानी जिल्ला सावित भएको छ । आफ्नै दलका विरुद्ध फ्लोरक्रस गरे वापत मन्त्री भएका अम्मर थापा,  हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्री छन् । यी बाहेक यो जिल्लाबाट कोही पनि मन्त्री भएनन् ।

डोल्पाबाट नेकपा कालिन सरकार देखि फ्लोरक्रस गरेर छ महिने मन्त्री पद पटकाउने नन्दसिंह बुढा मात्रै हुन । उनी सबैभन्दा बढि मन्त्रीको रुपमा कार्यकाल समापन गरेका व्यक्ति हुन ।

मुगुबाट नेकपा एसमा लागे वापत मन्त्री पद चन्द्रबहादुर शाहीले पाए । त्यसबाहेक अरु कोही पनि मन्त्री हुन सकेनन् ।

जुम्लाले तीन मन्त्री पायो । नेकपा कालिन समयमा आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा नरेश भण्डारी र त्यसपछि दीनबन्धु श्रेष्ठ उर्जा मन्त्री भए ।

हाल एमाले त्यागेर समाजवादीमा लागेका कारण उपहार स्वरुप पदम बहादुर रोकाय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन् ।


सम्बन्धित समाचार