Loading... आजः ५ मंसिर २०८१, बुधबार

माओवादीले दुई मन्त्रीलाई सोमबार फिर्ता बोलाउँदै

रातो कामी आर्थिक तथा कृष्णा शाह उर्जा मन्त्री बन्ने सम्भावना


सुर्खेत ।
नेकपा माओवादी केन्द्रले आफ्नो दलबाट सहभागि भएका दुइ जना मन्त्रीलाई सोमबार फिर्ता बोलाउने भएको छ ।

नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको सचिवालय स्रोतका अनुसार सरकार विरुद्ध समावेशी नभएको भनेर अदालतमा मुद्दा परेपनि मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त मुद्दामाथि चासो नदेखाएका कारण भन्दै माओवादीले महिला र दलित समूदायको मन्त्री मण्डलमा प्रतिनिधित्व गराउन लागेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र उर्जा तथा जलस्रोत मन्त्री गणेशबहादुर सिंहलाई सोमबार फिर्ता बोलाईनेछ भने उनको स्थानमा रातो कामी र कृष्णा शाहलाई सरकारमा सहभागि गराउन दलका नेता शाहीले सिफारिस गर्नेछन् ।

‘अब काम चलाउ सरकार बन्दैछ । काम गर्न सक्नेले नायक फिल्म जस्तै एकै दिनमा पनि चमत्कार गर्न सक्छन् ।’ शाही स्रोत भन्छ, ‘त्यहि भएर भोली सोमबार दुई जना मन्त्रीलाई फिर्ता बोलाउने र दुइ जना मन्त्रीको नाम सिफारिस गर्ने योजना दल नेता एवम पूर्व मुख्यमन्त्री ज्यूको छ ।’

माओवादी स्रोतका अनुसार रातो कामी आर्थिक मामिला तथा योजना मन्त्री बन्ने सम्भावना छ भने कृष्णा शाह उर्जा तथा जलस्रोत मन्त्री बन्ने सम्भावना छ ।


सम्बन्धित समाचार