Loading... आजः ५ मंसिर २०८१, बुधबार

एमाले केन्द्रीय कमिटि वैठक निर्णयको ‘साईड इफेक्ट’, यी प्रदेश सांसदले समानुपातिक उम्मेदवार बन्न नपाउने

सुर्खेत ।
नेकपा एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटिको वैठकको निर्णयले समानुपातिक सांसदहरुबीच हल्ला खल्ला मच्चाई दिएको छ ।

वैठकले २०७४ सालमा समानुपातिक सांसद भएकाहरुलाई यसपटक अवसर नदिने निर्णय गरेको थियो । यो निर्णयले कर्णालीका समानुपातिक सांसदहरु कोही पनि समानुपातिकमा सिफारिसमा नपर्ने भएका हुन ।

उक्त निर्णयको साईड इफेक्टका कारण प्रदेश सभामा समानुपातिक सांसद रहेका एमालेका ५ जना समानुपातिक सांसदहरुलाई फेरि समानुपातिक सांसद बन्नका लागि बाटो बन्द भएको हो । प्रदेश सभामा एमालेबाट पदमा खड्का, राजु नेपाली, वद्यीक्वारी बोहोरा, कौशिल्यावती खत्री र मिनासिंह रखालको समानुपातिक सिटमा सिफारिस हुने ढोका बन्द भएको हो ।

‘उहाँहरु मध्ये कोही पनि संघीय वा प्रदेश समानुपातिक सिटमा सिफारिस नपर्ने देखिएको छ । एक अर्थमा भन्दा उहाँहरु फेरि समानुपातिक सांसद बन्ने ढोका बन्द भएको छ ।’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पहिलो प्रेससँग भने, ‘उहाँहरु प्रत्यक्ष चुनाव लडने बाटो भने खुला नै छ । समानुपातिक बाटो भने बन्द भएको हो ।’

समानुपातिक बाट सांसद हुने बाटो बन्द भएपछि अब एमालेले नयाँ अनुहार सिफारिस गर्नुपर्ने भएको छ ।


सम्बन्धित समाचार