गुराँस अध्यक्ष विसी सामूदायिक शिक्षा सुधारतर्फ केन्द्रीत बन्दै
सुर्खेत ।
दैलेख जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी सामूदायिक शिक्षा सुधारतर्फ केन्द्रीत भएका छन् ।
पालिकामा रहेका सामूदायिक विद्यालयको शैक्षि अवस्था, भौतिक पूर्वाधारको अवस्था, दक्ष जनशक्तिको अवस्था लगायतका विषयमा अनुगमन गर्न थालेका हुन । शुक्रबार उनले पालिकाका केहि विद्यालयको अवलोकन समेत गरेका छन् । विद्यार्थीहरुसँग अन्र्तक्रिया समेत गरेका अध्यक्ष विसीले सामूदायिक शिक्षाको सुधारको विकल्प नभएको बताएका छन् ।
‘हिजो अध्यक्ष ज्यूले पालिकाका केहि विद्यालयमा अवलोकन गर्नु भएको छ । विद्यालयका विद्यार्थी तथा शिक्षकहरुसँग शिक्षा क्षेत्रको सुधारको बारेमा जिज्ञासा राख्ने र निर्देशन दिने काम पनि गर्नुभएको छ ।’
पालिकाका प्रवक्ता दिपेन्द्र वलीले पहिलोप्रेससँग भने, ‘उहाँले सामूदायिक शिक्षालाई गुणस्तरीय बनाउन सकेमात्र गुराँसको रुपान्तरण, आर्थिक समृद्धि र परिवर्तन हुने भएका कारण सामूदायिक विद्यालयको अवस्था सुधार गर्न सबैपक्ष मिलेर सहकार्य गर्दै अघि बढनुको विकल्प नरहेको बताउँनु भयो ।’
अध्यक्ष विसी आफैं उच्च शिक्षा प्राप्त व्यक्ति भएका कारण उनले शैक्षिक सुधारको अभियान पनि सञ्चालन गर्ने भएका छन् ।
‘हामी निरन्तर आफ्नो जिम्मेवारी र कार्यक्षेत्र भित्रका बिधालय, शिक्षक र बालबालिकाका सुझाव, दुख, गुनासो आदानप्रदान गर्ने क्रममा वडा न १ र २ मा पुगेका छौं ।’ अध्यक्ष विसीले भने, ‘विद्यार्थी,अभिभावक तथा शिक्षा प्रेमीका गुनासा सुन्ने र ती गुनासालाई सम्वोधन गर्न आवश्यक पहल गर्ने योजना बनाउन विद्यालयमा पुगेको हो । विद्यार्थीका गुनासा सम्वोधन गर्ने गरि हामी शैक्षिक नीति अब तय गर्छौं ।’
पहिलोप्रेस
११ भाद्र २०७९, शनिबार १०:२०