Loading... आजः २ कार्तिक २०८२, आईतवार

प्रचण्डको ठाडो आदेशमा कर्णालीका दुई मन्त्रीले राजीनामा दिदैं

जाजरकोटका शाह र रुकुम पश्चिमका रातो कामी मन्त्री बन्दै

सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादीबाट सहभागि दुई मन्त्रीलाई राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि अबको एक दुइ दिनमा नै दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

प्रचण्डको ठाडो आदेशमा राजीनामा दिन बाध्य पर्नेमा राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र उर्जा मन्त्री गणेश प्रसाद सिंह रहेका छन् ।

संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई पाँच दिन अघि प्रचण्डले तत्काल दुइ जनालाई राजीनामा गर्न लगाएर जाजरकोटका कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउन ठाडो आदेश दिएका थिए ।

‘सुरुमा नै ६ महिनाका लागि मन्त्री नियुक्त गर्ने भनेर संसदीय दलको वैठकमा नै निर्णय भएको थियो ।’ माओवादीका एक पूर्व मन्त्रीले भने, ‘सोही निर्णय कार्यान्वयन गर्न पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बहालवाला दुइ मन्त्रीले आनाकानी गर्ने देखिएपछि प्रचण्डले फोन नै गरेर आदेश दिनु भएको हो ।’

माओवादी स्रोतका अनुसार शक्ति बस्नेतले विन्दमानलाई नहटाउन दवाव दिएका थिए भने जनार्दन शर्माले रातो कामीलाई जसरी पनि मन्त्री बनाउन दलका नेता शाहीलाई दवाव दिएका थिए ।

उता, मन्त्री छान्ने अधिकार झण्डै एक महिना अघि बसेको दलको वैठकले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको थियो ।

उतिबेला पनि अरु सबै मन्त्री भइसकेको अवस्थामा दुई जनालाई मात्रै मन्त्री बनाउन किन बाँकी राख्ने भन्ने आवाज दलको वैठकमा उठेको थियो । उक्त आवाज उठेपनि डोल्पाका वीरबहादुर शाहीलाई मात्रै उतिबेला उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको थियो ।

यता, नेकपा माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि दुई जना मन्त्रीलाई फिर्ता बोलाउनेबारे कुरा भइरहेको बताईन । ‘यसबारेमा कुरा भइसकेको छ ।’ उनले संक्षिप्त प्रतिक्रिया दिईन, ‘केहि दिनमा मन्त्री नियुक्त हुनुहुन्छ होला ।’


सम्बन्धित समाचार