Loading... आजः ४ मंसिर २०८१, मंगलवार

एमाले दैलेख दुई नम्बरले युवा नेता रिजाल, सभामुख शाहीसहित पाँच जनाको नाम पठायो

सुर्खेत ।
नेकपा एमालेको गढको रुपमा रहेको दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा आज बसेको प्रतिनिधि सभा समन्वय समितिको वैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि पाँच जनाको नाम पठाउने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

पहिलोप्रेससँगको कुराकानीमा उनले दैलेख दुइ नम्बरबाट एमालेको उम्मेदवार बन्न पाँच जनाको नाम सिफारिस भएको जानकारी दिए ।

एमालेबाट सिफारिस हुनेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा सिफारिस भएका हुन ।

यस्तै, वैठकले एमाले जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल र एमाले प्रदेश कमिटिका अध्यक्ष विनोद कुमार शाहको नाम सिफारिस गरिएको हो ।

पार्टी विभाजनको मनस्थितिमा पार्टीलाई एक ढिक्का बनाउन सबै आकांक्षीको नाम पठाउने निर्णय गरिएको नेता रिजालले बताए ।


सम्बन्धित समाचार