हुम्लाका लोकेन्द्र बने वाइसिएलका केन्द्रीय सदस्य
सुर्खेत ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं. ५ का लोकेन्द्र बहादुर शाही वाइसिएलको केन्द्रीय सदस्य बनेका छन् ।
उनी लामो समय जनमुक्ति सेनाको रुपमा पार्टीमा कार्यरत थिए ।दर्जनौं लडाईमा सहभागि भएका लोकेन्द्र २०६३ कार्तिक २२ गते तत्कालिन नेकपा (माोवादी) र नेपाल सरकार बीच भएको २५ बुदे ‘बृहत शान्ति सम्झौता’मा माओवादी जनमुक्ति सेनालाई व्यारेकमा राख्ने निर्णय अनुसार जनमुक्ति सेनाको रुपमा लोकेन्द्र सुर्खेत दशरतपुरको व्यारेकमा बसेका थिए ।
माओवादी जनमुक्ति सेनामा हुदा लोकेन्द्र शाहीलाई अनमिनले अयोग्य घोषणा गरेको थियो ।
लोकेन्द्र अयोग्य भएको दशक भन्दा बढि बितिसक्यो उनि आफुले रोजेको राजनिति पार्टीमा अहिले पनि प्रतिबद्ध देखिन्छन् भन्छन् ‘म माओवादी आन्दोलनमा लाग्ने बेला योग्य भएर गएको थिइन् एउटा सपना थियो आफ्नो बर्गको निम्ति तत्कालिन प्रतिक्रियाबादी सत्ताका बिरुद्ध माओवादी युद्धमा सहभागि भएर विद्रोह गर्न चाहन्थे त्यो मैले विद्रोह गरेको हु,।’
उनै अयोग्य लोकेन्द्र अहिले नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसील नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भए । ‘अनमिन प्रमाणिकरणको बेला म अयोग्य भए पनि मैले आफुले रोजेको पार्टी मार्फत जनताको सेवा गर्न छाडेको छैन । अहिले पार्टी र संगठनले मैले गरेको योगदान बुझेर होला मलाई वाइसीयल नेपालको केन्द्रीय समितिमा निर्वाचित गरेको छ म अब झन इमानदारीताका साथ काम गर्ने छु, ‘उनले भने ।
पहिलोप्रेस
१८ भाद्र २०७९, शनिबार १८:०६