माओवादीबाट प्रतिनिधि सभा उम्मेदवारमा मल्ल, उपसभामुख घर्ती समानुपातिकमा सिफारिस
सुर्खेत ।
नेकपा माओवादी केन्द्र सुर्खेत जिल्ला प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा उम्मेदवार प्रत्यक्षमा झक बहादुर मल्ल र समानुपातिक उम्मेदवारमा कर्णाली प्रदेश उपसभामुख पुस्पा घर्ती बिस्ट सिफारिस भएका छन् ।
आज सम्पन्न वैठकले दुवै जनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । प्रदेश सभा उम्मेदवारमा यसअघि नै कृष्ण जिसी जितेन्द्र चयन भइसकेका छन् । अन्य क्षेत्रमा उम्मेदवार चयन प्रक्रिया भने जारी छ ।
यद्यपी सत्तारुढ गठबन्धनबाट कसको भागमा कुन सिटपर्ने भन्ने अन्यौल भने कायमै छन् । काँग्रेसबाट पूर्व मन्त्री हृदयराम थानी प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भइसकेका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्र सुर्खेत प्रतिनिधि सभा २ प्रदेश सभा ‘ख’ मा प्रत्यक्ष तर्फबाट निबर्तमान आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिस्ट, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पन्चा सिंह र चौकुने पार्टी अध्यक्ष गङ्गा राम बिक सिफारिस भएका छन् ।
पहिलोप्रेस
१८ भाद्र २०७९, शनिबार १७:१६