सुर्खेत एमालेमा झाँगिदैं गुटबन्दी
सुर्खेत ।
स्थानीय तहको निर्वाचनमा अनपेक्षित सफलता पाएको सुर्खेत एमालेमा आन्तरिक कलह बढदै गएको छ ।
उम्मेदवार छनौटको समयमा चरम गुटबन्दी गरिएको भन्दै एमाले नेता डण्डीप्रसाद शर्माले आज एक विज्ञप्ती समेत जारी गरेका हुन ।
उनले विज्ञप्तीमा निर्वाचन क्षेत्र नम्बर एकको प्रतिनिधि सभा उम्मेदवार छनौटमा निश्चित गुटबन्दी गरिएको, शत्रुतापूर्ण व्यवहार गरिएको र राजनैतिक गतिविधिबाट आफ्नो नाम राख्न नदिने रणनीति अवलम्बन गरिएको आरोप लगाएका हुन ।
उनले जारी गरेको विज्ञप्तीमा असमति जाहेर गर्ने व्यवस्थालाई धोती लगाइएको गम्भीर आरोप समेत लगाएका छन् ।
वैठक कक्षको पछाडी बसेर माइन्यूट लिएर भाग्ने, ध्रुवकुमार शाही, कविन्द्र कुमार केसी रबलबहादुर नेपालीलाई पार्टी विधानको धारा ८० को १,२,३ र १२ को व्यवस्था अनुसार केन्द्रीय अनुशासन आयोगको कार्य सम्पादन नियमावलीको परिच्छेद ३ को धारा १२ को ग को ३ बमोजिम कारवाही गर्न नेता शर्माले माग समेत गरेका छन् ।
उनले आफ्नो मागप्रति पार्टी जिम्मेवार नभए जुनसुकै कदम पनि उठाउन सक्ने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठः
पहिलोप्रेस
२० भाद्र २०७९, सोमबार १७:२५