Loading... आजः ३ मंसिर २०८१, सोमबार

सरकारी जग्गा अरुलाई भाडामा लगाए वीरेन्द्रनगरले खाली गराउने

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका मातहतमा रहेको जग्गालाई सस्तोमा भाडामा लिएर अरुलाई भाडामा दिएको पाइएमा त्यसलाई खाली गराउने भएको छ ।

आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख मोहनमाया ढकालले सरकारी जग्गा सस्तो भाडामा लिएर पसल व्यवसायका लागि फेरि तेश्रो पक्षलाई चर्को भाडामा दिइएको बारेमा अध्ययन् भईरहेको बताईन । उनले त्यस्ता जग्गा ढिलो चाँडो खाली गराएरै छाड्ने बताईन ।

सुर्खेत उद्योग वाणिज्य संघले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सबै क्षेत्रको सक्रिय सहभागितामा वीरेन्द्रनगरलाई विस्तारित र व्यवस्थित बनाइने बताएकी हुन ।

नगरपालिका एक्लैले चाहेर मात्र पनि फोहोरमैला व्यवस्थापनदेखि सडक विस्तार, पार्किंग तथा ट्राफिक व्यवस्थापन गर्न नसक्ने भन्दै उनले यसमा नगरवासीसंगै, निजी क्षेत्र र गैरसरकारी संस्थाबीच सहकार्य गरिने नगर प्रमुख ढकालको भनाई छ ।

फोहोर मैला व्यवस्थापन नगरपालिकाको जिम्मेवारी भएपनि नागरिकको दायित्व समेत भएको उनको भनाई थियो ।

 


सम्बन्धित समाचार