Loading... आजः ३ मंसिर २०८१, सोमबार

नौ जिल्लाबाट आएका उम्मेदवारका सिफारिस कर्णाली काँग्रेसले पठायो केन्द्रमा

सुर्खेत ।
नेपाली काँग्रेस कर्णाली प्रदेशले कर्णालीको सल्यान बाहेक नौ जिल्लाबाट उम्मेदवार सिफारिस भइ आएका सबैको नाम आज केन्द्मा पठाएको छ ।

काँग्रेसका प्रवक्ता दमन शाहीका अनुसार आज बसेको कार्य समितिको वेठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सभापति ललित जंग शाहीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सम्पादन समिति सदस्य एंब कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही ज्युको उपस्थितिमा कार्यसमितिको बैठक बसि २०७९÷०८÷०४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिक निर्बाचनका लागि सल्यान जिल्ला बाहेक ९ वटा जिल्ला बाट प्रक्रिया पूरा गरि आएका सिफारिस लाई केन्द्रिय सर्कुलर बमोजिम प्रदेश कार्यसमितिले राय लेख्दै पठाउने सर्बसम्मत निर्णय गरेको छ, उनले भने ।

केन्द्रिय सम्पादन समिती सदस्य एंब मुख्यमन्त्री जीवन बहादुर शाहीले केन्द्रले गठबन्धनका दल बिच सहमति गरेर जाने निर्णय गरिसकेको हुँदा अब सबै प्रदेश भरिका नेता कार्यकर्ता चुनाब को तयारीमा जुट्दै पार्टीले नेताको मुल्यांकन गर्दै टिकट न्यायोचित ढंगले बितरण गर्ने बिश्वास समेत वैठकमा दिलाएका थिए ।

कांग्रेस सरकारले गरेका राम्रा कामको बारेमा आम नागरिकलाई सुसूचित गर्दै चुनावमा होमिन मुख्यमन्त्री शाहीले निर्देशन समेत दिएका थिए ।

सभापति ललित जंग शाहीले केन्द्रको निर्णयलाइ आत्मसात गर्दै प्रदेशमा पार्टीलाई पहिलो बनाउन सबै एकताको सन्देश लिएर लाग्नुपर्ने धारणा राखेको प्रवक्ता शाहीले बताए ।

 


सम्बन्धित समाचार