Loading... आजः ३ मंसिर २०८१, सोमबार

मुख्यमन्त्री शाहीसँग टिकट माग्नेको लाग्यो घुईँचो !

सुर्खेत ।
कर्णाली प्रदेशका प्रभावशाली नेता एवम मुख्यमन्त्री जीवनबहादुर शाहीको निवासमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेशको ‘टिकट’ माग्ने काँग्रेस नेता कार्यकर्ताहरुको घुईचो लाग्न थालेको छ ।

केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहेका मुख्यमन्त्री शाही पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन । कर्णाली प्रदेशमा पछिल्लो समयमा उपसभापति पूर्णबहादुर खड्काको वर्चस्व बढदै गएको अवस्थामा मुख्यमन्त्री शाहीको पनि प्रभाव बढदै गइरहेको छ ।

हिजो बसेको काँग्रेस प्रदेश कार्य समितिको वैठकले कर्णालीको सल्यान बाहेकका नौ जिल्लाका उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाएको थियो ।

हरेक जिल्लाबाट आएका दर्जनौं आकांक्षीहरुले मुख्यमन्त्री शाहीसँग भेट गर्दै आफू बाहेक अरुले जित्न नसक्ने दाबी गर्दै टिकट माग्न सुरु गरेका हुन ।

मुख्यमन्त्री भएपछि अधिकांश समय सुर्खेतमै बस्ने गरेका मुख्यमन्त्री शाहीलाई भेटन नौ ओटै जिल्लाका नेता कार्यकर्ताहरुको लाईन लागेको हो ।

यद्यपी मुख्यमन्त्री शाहीले भने टिकट कसलाई दिलाउने भन्ने बारेमा आन्तरिक रुपमा उपसभापति खड्का लगायतलाई रिर्पोटिङ्ग गर्न सुरु गरिसकेको मुख्यमन्त्री स्रोतको दाबी छ ।


सम्बन्धित समाचार