पूर्व मुख्यमन्त्री शाहीद्धारा नमूना बस्ती हस्तानतरणः स्थानीय भन्छन, हाम्रा लागि प्रदेश सरकार सबै थोक
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवम नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाहीले आइतबार एक कार्यक्रमका बीच कालिकोटमा प्रदेश सरकारद्धारा लगानी गरिएका नमूना बस्ती हस्तान्तरण गरेका छन् ।
एकिकृत नमुना बस्ती रास्कोट नगरपालिका वडा नम्बर २ मा ५२ घर, वडा नम्बर ३ मा ५४ घर र वडा नम्बर ७ मा ७४ घर समुदायलाई हस्तान्तरण गरेका हुन । पाँच करोडको लागतमा निर्माण भएका य िनमूना बस्ती नागरिकलाई हस्तानतरण गर्दा प्रदेश सरकार आफूहरुका लागि सबै थोक भएको प्रतिक्रिया स्थानीयले दिएका हुन ।
आफु मुख्यमन्त्री हुने बेला बनेको योजनालाई स्थानीय सरकारले इमानदारिता पूर्वक कार्यन्वयन गरेको हुनाले आज रास्कोटमा एकिकृत नमुना बस्ती निर्माण भएको कुरामा कुनै शंका गर्न नहुने उनको भनाई थियो ।
नेता शाहीले यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेला जनमुक्ति सेनालाई खाना खुवाउने देखि जीवन बचाउने सम्म काम गरेको हुनाले आफुले यो बस्तीलाई एकिकृत नमुना बस्तीको रुपमा विकास गरेको उल्लेख गरे ।
‘बस्ती निर्माण गरेर मात्रै सबै थोक पुग्दैन अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादन मुखि कसरी बनाउने यसबारेमा सबैले ध्यान दिनु पर्छ,’ ‘पूर्व मुख्यमन्त्री शाहीले भने,’ ‘अब नमुना पर्यटकीय गाउँको रुपमा निर्माण गरेर हामस्टे पनि यहाँ निर्माण गर्ने योजना छ ।’
पहिलोप्रेस
२१ भाद्र २०७९, मंगलवार ०८:०९