श्रीमती कुटने, पत्रकारको गर्धन छिनाल्ने भन्दै धम्की दिने एमाले कालिकोट पार्टी कार्यालय सचिव शाही पक्राउ
सुर्खेत ।
नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पत्रकार कालिबहादुर मल्लका अनुसार श्रीमतीमाथि कुटपिट गरेको र प्रहरीमा निवेदन परेपछि आफूले समाचार लेखेको विषयलाई लिएर ज्यान लिने धम्की आए पछि आफूले प्रहरीमा उजुरी गरेको र प्रहरीले पक्राउ गरेको बताए ।
शाहीले फोन गरेर मारिदिने गर्धन छिनाल्ने लगाएतका धम्की दिएको अडियोसहित प्रहरी समक्ष निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । घटना सत्य हो । प्रहरीमा जाहेरी परेपछि पत्रकारले समाचार लेख्ने हो । शाहीले आफ्नी कान्छी श्रीमती गिता जैसि शाहीलाई गत १२ गते राति कुटपिट गर्दा शरिर भरी निल्डाम छन् । भने कान समेत च्यातीएको छ । सोही समाचार मल्ल लगाएतका पत्रकारले लेखेका थिए ।
नागरिक दैनिक र इन्सेक अनलाइनमा समाचार प्रकाशन भएको थियो । पत्रकार मल्ल इन्सेक कालिकोटका प्रतिनिधि हुन् । घटना प्रति निन्दा गदै पत्रकार महासंघ कालिकोटले पनि प्रेस विज्ञप्ती प्रकाशित गरेको छ ।
नागरिक दैनिकबाट
पहिलोप्रेस
२१ भाद्र २०७९, मंगलवार ०८:२४