Loading... आजः ३ मंसिर २०८१, सोमबार

पूर्व मुख्यमन्त्री शाही प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस

प्रदेश सभातर्फ भने एकल सिफारिस

सुर्खेत ।
नेकपा माओवादी केन्द्रका नेता, माओवादी संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंसिर चार गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको पदका लागि उम्मेदवार चयन भएका हुन ।

उनीसँगै बिस्णु बहादुर बिस्वकर्मा, रास्कोटका पूर्व नगरप्रमुख काशिचन्द्र बराल र लक्ष्मी प्रसाद चौलागाईंलाई आज बसेको वैठकले सिफारिस गरेको हो ।

यस्तै, समानुपातिक तर्फ गंगा खडका (पिछडिएको क्षेत्र ), तुलाराज बिक (दलित ) र मान बहादुर भण्डारी (खस आर्य) तर्फबाट सिफारिस भएका हुन ।

प्रदेश क तर्फ प्रत्यक्षमा दुर्ग बहादुर रावत सिफारिस भएका छन् भने समानुपातिकमा यसोधा न्यौपाने सिफारिस भएकी हुन ।

यस्तै, प्रदेश सभा ख तर्फ जीवन बुढा सिफारिस हुँदा समानुपातिक तर्फ मिठु बम (महिला), हजा सुनार (दलित) र भानुभक्त सन्ज्याल(खसआर्य) सिफारिस भएका हुन ।


सम्बन्धित समाचार