Loading... आजः २ मंसिर २०८१, आईतवार

वीरेन्द्रनगरले साँच्चिकै चलाउला त डोजर ?


सुर्खेत ।
काठमाडौंमा बालेन शाहले नक्सा पास विनाका सरकारी तथा नीजि भवनहरुमा डोजर चलाउँदा त्यसैको सिको वीरेन्द्रनगरले गर्ने भएको छ ।

नगरपालिकाद्धारा जारी विज्ञप्तीमा सात दिने म्याद राखेर त्यस्ता संरचना हटाउन अनुरोध गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चौकदेखी गणेश चौकसम्मका संरचना हटाउन सात दिने सूचना जारी गरेको हो ।

विज्ञप्तीमा मुख्य बजार क्षेत्रमा सडक स्तरोन्नतीको कार्य भइरहेकाले सो क्षेत्र भित्रका रहेका संरचनाहरु तत्काल हटाउन नगरपालिकाले अपिल गरेको हो ।

‘सडक किनाराका दुवैतर्फ रहेका विद्युतका पोल, तारहरु, नेपाल टेलिकमका पोल तथा तारहरु एवम विभिन्न सेवा प्रदायक संस्थाहरुले राखेका तार र पोलहरु हटाउन सात दिने सूचना जारी गरेका हौं ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने ।

उनकाअनुसार सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउन नगरपालिकाले अल्टिमेटम दिएको छ । निर्धारित समयभित्र संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार समयमै हटाउन अटेरी गरेमा कारवाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

हेर्नुहोस विज्ञप्ती


सम्बन्धित समाचार