चार्टड एकाउण्टेन्ट रिजालले दैलेख दुइ ‘क’ बाट स्वतन्त्र चुनाव लडने
जगत लम्साल/सुर्खेत ।
दैलेखकाे भैरवी गाउँपालिका वडा नं. २ निवासी पुरुषोत्तम रिजालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
दैलेख जिल्ला क्षेत्र नं. २ स्थित प्रदेशसभा क क्षेत्रमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने भनी उनले लेखेका छन् ।
नयाँ सोच र नयाँ सुरुवातको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
‘आफ्नो बुवाले गरेको निष्ठाको राजनितीलाई यहाँ अहिले भईरहेको नातावाद, गुटबन्दी जस्ता कारणले औचित्यहिन बनाइएको छ त्यसै कारणले मैले यो सम्पुर्ण कुराको अन्त्यको लागि स्वतन्त्र तवरबाट उठ्ने निर्णय लिएको हुँ ।’ उनले भने ‘अहिलेको अवस्थामा बेथिती, असमानता, कुशासन, दरिद्रता, अन्यायले सबैको मन पोलेको छ, यो अन्त्यको लागि नातावाद, गुटबन्दी जस्ता कुराहरुको अन्त्य हुुन जरुरी रहेको छ ।’
पेसाले उनी एक चार्टड एकाउण्टेन्ट हुन् ।
उनले सामाजिक सन्जालमा यस्ताे लेखेका छन ।
सादर अनुरोध: एक नयाँ सोच र शुरुवात का लागि l विध्वंश ले माग्छ मुर्खता र बल l निर्माणले ढंग, विवेक, ज्ञान र इमान ll नयाँ सोच का साथ्; नया शिरा बाट l लोभ र डर हैन; समाधान का साथ् ll
हिजो साँझ हामीले सार्बजनिक गरेको हाम्रो सपनाको ट्रेलर प्रति हजुरहरुको उत्सहले के देखाउछ भने हामी लाइ, ल म अगाडी लागे भन्ने अलि अलि राजनीतिक चेत पसेको मान्छे को मात्र खाचो छ; अहिलेको बेथिति, असमानता, कुशासन, दरिद्रता, अन्याय, बिश्रिङ्खल्ता ले सबैको मन भत भति पोलेको छ !
यस अर्थ मा म प्रति सदभाब राख्नु हुने सम्पूर्ण व्यक्ति तपाइँ आफै नै यो उम्मेदवारी को एक अंश हो; यसर्थमा यो मेरो व्यक्तिगत उम्मेदवारी हैन; हामी सबैको पिडा को प्रष्फुटन को ध्वनि हो l यो झिल्को पनि मेरो व्यक्तिगत साहस को उपज मात्र हैन; यसमा धेरैको अझ बिशेष गरि मेरो परिवार भन्दा बाहिर रहेका, हाम्रो जस्तै उकुसमुकुस मा बाँचेका राष्ट्रसेवक साथीहरु, पेशाकर्मी हरु र चेतन जी जस्ता शुभचिन्तक हरु को (सबैको नाम पेशागत मर्यादाको कारण ले उल्लेख गर्न उपयुक्त नहुने भयकोले उल्लेख गर्न सकेन) हुटहुटि ले काम गरेको छ l
यति भन्दै गर्दा,म के कुरा मा प्रष्ट छु भने, हामि मानिसका कर्म हरु, हामि मा जति सुकै महानता र बिशिष्टता को भ्रम भएपनि प्रकृतिको सिमा, मानक भन्दा बाहिर गएर संचालन हुन सक्दैनन् l
तिनै मानक हरु मध्य एक हो : “राजनीति हिन्ने राजमार्ग “बिचार” मात्र हो” l तसर्थ; अहिले देखियको स्वतन्त्र हरु को भेल (अपबाद बाहेक) र भाइरल-भ्रम बाट म मुक्त छु l अब मलाइ हिजो को जस्तो स्वच्छन्द रुप मा आफ्ना बिचार हरु राख्ने र व्यंग्य गर्ने सुबिधा छैन; सर्बग्यता को भ्रम बाट मुक्त हुनु छ; हजुरहरु सबैको बिचार सुन्नु र सिक्नु छ; परिपक्वता र सम्बेदंशीलता मा निखार ल्याउनु छ l म यस कुरा मा सचेत छु कि मेरा योगदान हरु को जस जस्तै मेरा गल्तीहरुले मलाइ मात्र नभई मलाइ हैंसे गर्ने, म संग जोडिनु भएका सबै साथि-शुभचिन्तकहरुलाइ समेत हानि पुर्याउछ l हाम्रो त्यो भूमिका प्रभावकारी रुपमा निर्बाह गर्न म यहाहरु बाट निम्न सहयोग को अपेक्ष्या गर्दछु :
१. हजुरहरुको सदभाब ब्यक्त गर्न सामिजिक संजाल हरुमा “emoji ” हरु मात्र प्रयोग गर्नु होला l र कमेन्ट सेक्शन “सल्लाह, सुझाब, प्रश्न, सचेत गर्न मात्र” प्रयोग गर्नु होला; ताकि म समयको बचत गर्दै यहाँ हरु सबै को कुरो सुन्न सकूँ l हजुरहरु को उत्साह, आशिर्बाद, प्रेम साटा-साट गर्न लाइ त म यहारुको घर-दैलो मा आउने नै छु l सहमत हुनुभयो र यत्तिको मान्छे लाइ हात दिदा हात नगनाउला भन्ने लाग्छ भने share गरिदिनु होला l
२. हाम्रो सोच र कार्य-प्रणाली निषेध, घृणा, बदला र बैचारिक, व्यक्तिगत, धार्मिक, छेत्रीय, जातीय आग्रह, पूर्वाग्रह प्रेरित हुने छैन l
पारस्परिक सहयोग र सम्मान, अनुकरणीय नेताहरु गान्धी, नेल्सन मन्डेला, बि पी कोइराला, र मदन भण्डारी को क्रमश: को “कुनै पनि समस्या को समाधान परिस्परिक सम्मान र प्रेम को आधारमा मात्र खोज्नु पर्दछ; हिंशा, घृणा र प्रतिशोध भाव ले हैन”; ” ; “सत्य प्रति कसैको अग्राधिकार हुदैन”; “केन्द्रबिन्दु मा जनता र राष्ट्र प्रेम (राष्ट्रबाद हैन); “सामाजिक न्याय र समानता” जस्ता दर्शन बाट निर्देशित हुने छ l सम्क्षेप मा भन्नु पर्दा “लोकतान्त्रिक” हुने छ l तेसैले कसै प्रति पनि, फेरी जोड दिएर भन्छु, कसै प्रति पनि, छुद्र नबोल्नुहोस्, शंका र सुनेको भरमा कसैलाई आग्रह-पूर्वाग्रह राखेर निराधार आरोप नलगाउनुहोस l सुचनामा (तथ्य र कथ्य दुवै) हामि ले पाएको असिमित पहुच ले हामि लाइ “गलत” हुन धेरै सहयोग गरेको छ l तेसैले आफ्नो स्वाभिमान को रक्ष्या गर्नु होस् , सहजै “गलत” हुन बाट बचेर l अझ बृस्तृत रुप मा हामि स्पष्ट पार्दै जाने छौ l
३. र लोकतन्त्र मा हामि सबैका कर्तब्य स्पष्ट परिभाषित गरियका हुन्छन l अगाडी लाग्ने अर्थात नेता (सिंघाशन मा बसेर हुकुम चलाउने राजा हैन) को एउटा मुख्य कर्तब्य समाधान/बाटो खोज्ने हो; मतदाता (प्रजा हैन) को मतदान मा बिबेक प्रयोग गर्नु लगायत निरन्तर प्रश्न सोध्ने र सचेत गराई रहने हो (भजन गाउने हैन) l ४. मान्छे कुरा बुझ्दैनन्; रक्सि र मासु, तेल र रिचार्ज बा बिक्छन; कैयौ पैसा चाहिन्छ; तलाई कसैलाई चिन्दैन जस्ता सामन्यियकरण गरियका तर खतरनाक रुप मा हानिकारक भाष्य हरु संग म सहमत छैन l “भित्ता को पनि कान हुन्छ” ,”मुख हैन हात चलाउ” ,”राजा-रानी हाम्रो आँखामा हुन्छ”, “विचार भन्दा माथि देश” जस्ता सुन्दा सुन्दर लाग्ने तर सुनियोजित रुप मा निर्माण गरिएका येस्ता तमाम भाष्य हरु को मूल्य र पिडा हामिहरु ले कति भुक्तान गरेका छौ भन्ने कुरा हामि अनुमान लगाउन पनि सक्दैनौ l तेसैले मैले संगै चिया-खाजा खायको पैसो तिर्न समेत छोडि सके; उम्मेदवारी बाट पछि नहट्ने निश्चित भएको दिन देखि l जबकि पहिले सधैँ अधिकतर साथि हरु संग बस्दा म नै अग्रसर हुन्थे पैसा तिर्न l हाम्रो निर्बाचन क्षेत्र का कुनै पनि मतदाता बाट आर्थिक सहयोग पनि स्विकार्ने छैनौ l मेरा व्यक्तिगत, शैक्षिक, पेशागत धेर थोर समान बिचार राख्ने साथि, शुभ चिन्तक हरु लाइ अनुरोध गर्ने छु l
मेरो प्रक्ष्यपण १ लाख सम्म खर्च हुन सक्छ भन्ने छ; साथीहरु को मत ३-४ लाख सम्म को मानसिकता बनाउनु पर्छ भन्ने छ l तसर्थ, हजुरको आफ्नो “मत” आफ्नो “आत्मा” अर्थात “बिश्वास” हो, त्यो जसलाई पनि दिन र जे सुकै संग पनि साट्न हजुर स्वतन्त्र हुनुहुन्छ; तेसै गरि केटो ले आँट गर्या छ- सकेको सहयोग गर्छु भन्न पनि l बाकि कुरो मतदाता को बिबेक र मेरो क्षेमता मा छोड्दिनुहोस किनकि लोकतन्त्र मा चुनाबी मैदान मा आइसके पछि एउटा उम्मेदवार ले “Majority is always right ” (तर अनुचित प्रभाब, प्रलोभन र भय बाट मुक्त ) भन्ने कुरा सदैब मनन गर्नु पर्छ- परिणाम संग निरपेक्ष्य रहेर l तेसैले यो बहस मा समय, र उर्जा खेर नफालौं l ५. र अर्को महत्वपुर्ण कुरा; देख्दा मेरो उम्मेदवारी तात्कालिक देखिय पनि; यसको निर्माण दशकौ र पुस्तौ देखि हुदै आएको थियो भन्ने कुरा मा मलाइ कुनै सन्देह छैन l
पहिलोप्रेस
३१ भाद्र २०७९, शुक्रबार ०७:२१