सनराइज बैंकद्धारा शाखारहित वैकिङ्ग सेवा सुरु
सुर्खेत ।
सनराईज वैंक लिमिटेडले सुर्खेतको बिरेन्द्रनगर वडा नं. १० सानो सुर्खेत (घुस्रा)मा शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनमा ल्याएको छ ।
यस अघि बिरेन्द्रनगरकै १४ नं गोठिकाडाबाट शाखा रहित सेवा दिइ रहेको बैकले आफ्नो दोस्रो शाखा रहित कार्यालय आजबाट सञ्चालनमा ल्याएको हो ।
बैंकले खोलेको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा तिर्था कुमारि डांगि लाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष डिल बहादुर रखालले बैकिङ सेवा लिनका लागि १० नं वडा बासिले अब देखि बजार धाउनुपर्ने अबस्थाको अन्त्य भएको बताए ।
कार्यक्रममा प्रमुख अथिति समेत रहनु भयका अध्यक्ष रखाल आफैले सनराइज बैकमा खाता संचालन गर्दै अब सम्पुर्ण वडाबासिले बैकिङ सेवा लिन सन्राइज बैकमा नै खाता खोलि बैकिङ सेवा लिन आग्रह गर्दै बैकको सफलताको शुभकामना समेत दिए ।
कार्यक्रममै सनराइज बैकका कर्णाली प्रदेश प्रमुख धर्म कुमार बिस्टले बैकले प्रदान गर्ने सेवा बारे जानकारी दिएका थिए ।
पहिलोप्रेस
३१ भाद्र २०७९, शुक्रबार १८:१९