Loading... आजः १ कार्तिक २०८२, शनिबार

अछाम पहिरोमा परेका १७ जनाको शव फेला, अरुको यकिन तथ्यांक र उद्धार कार्य जारी


सुर्खेत ।
अछाम जिल्लाका विभिन्न चार ओटा स्थानमा आएको बाढी तथा पहिरोबाट हालसम्म १७ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जनाए ।

अछाम प्रहरीका अनुसार वाँकि कति जना वेपत्ता छन भन्ने यकिन विवरण हालसम्म प्रहरीकहाँ आइपुगेको छैन ।

पहिरोमा परेर मृत्यू भएका तथा वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय नागरिक र जनप्रतिनिधिहरु खटिएका छन् ।

स्थानीय पत्रकार कमल रावलका अनुसार अबिरल बर्षका कारण अछाम जिल्लाको विभिन्न स्थानमा गएको पहिरोका कारण कमलबजार न.पा. वार्ड न. ६ को ठाटीखांदमा ७ जना, कमलबजार न.पा. वार्ड नं.८ ढाकुमा ५ जना, तुर्माखांद वडा नं.५ नाडामा ९ जना र ढकारीमा २ जनाको दुःखद निधन भएको हो । ‘कति जनाको मृत्यू भयो भन्ने यकिन विवरण अझै आइसकेको छैन । राहत, उद्धार कार्यमा सबै खटेका छन् ।’

रावलले भने, ‘आज केहि समयपछि सबै विवरण आउला ।’
उनले बाढी तथा पहिरोका कारण अर्बौंको नोक्सान भएको समेत बताए ।


सम्बन्धित समाचार