Loading... आजः १ कार्तिक २०८२, शनिबार

निरन्तरको अविरल वर्षाका कारण आधा दर्जन स्थानमा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध


सुर्खेत ।
निरन्तरको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो खस्दा राजमार्ग नै अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय द्धारा जारी विज्ञप्ती अनुसार आज कालिकोट खाडाचक्र नगरपालिका ०५ मौलाकाटिया स्थित कर्णाली राजमार्गमा माथिबाट ढुङ्गा माटो सहितको पहिरो आई राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । हाल त्यहाँ जेसिवीको प्रयोग गरेर सडक खुलाउने प्रयास जारी रहेको छ ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका ०३ बोटखोलामा सडक माथिबाट पहिरो आई कर्णाली राजमार्ग अबरोध भएको छ । त्यहाँको समस्या समाधानका लागि प्रहरी खटीसकेको कार्यालयले जनाएको छ ।

चामुण्डा बिन्द्रासैनि नगरपालिका ०७ रामाघाटमा सडक माथि पहिरो आई कर्णाली राजमार्ग अबरोध भएको छ ।

गुरास गाउपालिका ०६ जिरो प्वाईन्ट र केराबारी स्थित सडक माथिबाट पहिरो आइ सुर्खेत दैलेख सडक खण्ड अबरोध प्रहरी टोलि गई व्ऋद्य सँग समन्वयन गरी खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।

सुर्खेत जिल्लाको बराहताल गाउपालिका ०७ कल्यान स्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा आबद्ध भएको छ ।


सम्बन्धित समाचार