‘७०’ प्रतिशत सफल भएकाे सामाजिक विकास समितिकाे दाबी
सुर्खेत ।
कर्णाली प्रदेश सभाको ‘मिनि पार्लियामेन्ट’को रुपमा पाँच वर्षे अवधीमा सबैभन्दा बढि सक्रिय रहेको सामाजिक विकास समितिले पाँच वर्षको कार्यकालमा ७० प्रतिशत सफलता प्राप्त गरेको दाबी गरेको छ । आज समितिको पदावधीको अन्तिम दिन समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष देवि ओलीले यस्तो दाबी गरेकी हुन ।
‘पाँच वर्षको अवधीमा जम्मा १२४ ओटा वैठक बसेका छौं । ती मध्ये दश ओटा वैठकमा कोरम नपुग्दा स्थगित भएको हो । यसरी कोरम नपुग्नुको कारण केन्द्र तथा प्रदेशमा विकसित विशिष्टीकृत राजनीतिक अवस्था नै हो ।’
उनले भनिन, ‘ती वैठक मध्ये हामीले १५ ओटा वैठकबाट सरकारलाई विभिन्न ७५ बुँदामा निर्देशन दिएका छौं । ती दिइएको निर्देशन मध्ये सरकारले ७० प्रतिशत निर्देशन पालना गरेको हाम्रो अध्ययनले देखाएको छ ।’
उनका अनुसार पाँच वर्षको अवधीमा सामाजिक विकास मन्त्री १५ पटक, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई १७ पटक वैठकमा बोलाईएको थियो ।
यस्तै, विभिन्न विधेयकमाथि विज्ञको राय लिन चार पटक भर्चुअल माध्यमबाट र चार पटक भौतिक रुपमा नै सुझाव लिने काम गरिएको छ ।
‘विभिन्न १६ ओटा स्थानमा हामीले यो अवधीमा स्थलगत अध्ययन तथा अवलोकन गरेका छौं । दुइ वर्षको समय कोभिडले असर पारेपनि हामीले त्यो अवधीमा समेत भर्चुअल माध्यमबाट काम गरेका हौं ।’ उनी भन्छिन्, ‘हाम्रो समितिमा पर्वतिय विश्वविद्यालय र सिंजा सभ्यता विधेयक मात्रै रहेका छन् । अब ति विधेयकहरु आजै राती देखि निस्क्रिय बन्ने छन् ।’
समितिको पहिलो वैठक २०७५ वैशाख १७ गते बसेको थियो भने अन्तिम वैठक २०७९ साल भदौ २७ गते बसेको समितिका सचिव राजेन्द्र पौडेलले बताए ।
पहिलोप्रेस
१ आश्विन २०७९, शनिबार १५:२४