Loading... आजः ४ पुष २०८१, बिहीबार

तुर्माखाद गाउँपालिकाद्धारा पहिरोमा परेर ज्यान गुमाउने परिवारलाई राहत प्रदान


सुर्खेत ।
अछाम जिल्लाको तुर्माकाँध गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएका आफ्न्तका लागि भन्दै पाँच लाख २५ हजार बराबरको नगर राहत प्रदान गरेको छ । पालिकाका अध्यक्ष डम्बर विसीका अनुसार गाउँपालिका वडा न.५ नाडामा गत भाद्र ३१ गते राती आयको बाढी पहिरोमा परि अकालमा ९ जनाले ज्यान गुमाएका थिए ।

मृतकका घरपरिवारलाई राहत जनही ५० हजार र कृयाखर्च स्वरुप घरपरिवारलाई २५ हजारले जम्मा ५ लाख २५ हजार स्थानीय सरकारको तर्फबाट सहयोग गरिएको उनको भनाई छ । पहिरोका कारण नाडामा रहेका २ वटा घर पुर्ण रुपले नस्ट भएकाछन भने बाकी १० वटा घरहरु पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ ।

 


सम्बन्धित समाचार