कर्णाली प्रदेशबाट नेकपा एसको प्रदेशतर्फको समानुपातिकमा दैलेख र सुर्खेतका एक एक जना मात्रै समेटिए
सुर्खेत ।
आगामी मंसिर चार गते हुने संघ र प्रदेशतर्फको निर्वाचनमा दलहरुले समानुपातिकतर्फको बन्द सूचि निर्वाचन आयोगमा बुझाइसकेका छन् यद्यपी असोज १६ गतेपछि मात्रै उक्त सूचि सार्वजनिक गर्ने आयोगको तयराी छ ।
त्यसअघि भने दलहरुले सूचि हेरफेर गर्न सक्ने अवधी आयोगले दिएको छ ।
कर्णाली प्रदेशका ठूला दल नेपाली काँग्रेस र माओवादी केन्द्रले विवाद आउन सक्ने जोखिम देखेका कारण माओवादी केन्द्र तथा काँग्रेसका नेताहरुले आप्नो सुचि सार्वजनिक गर्न चाहेनन् ।
यद्यपी हाल कर्णालीमा सबैभन्दा ठूलो दल एमालेको सूचि यसअघि नै पहिलोप्रेसमा सार्वजनिक भइसकेको छ । कर्णाली प्रदेशमा चौथो दलको अस्तित्वमा रहेको नेकपा एकीकृत समाजवादीको बन्द सूचि पनि पहिलोप्रेसलाइ प्राप्त भएको छ ।
पहिलोप्रेसलाई प्राप्त सुीच अनुसार संघ तर्फ समाजवादीले संघमा महिलातर्फ विजया विष्ट र शान्ता हमालको नाम उल्लेख गरेको छ । यस्तै दलित पुरुषतर्फ धनबहादुर विक र पिछडिएको क्षेत्रबाट तोयानाथ योगीको नाम बन्द सुचिमा पठाएको छ ।
प्रदेशतर्फको समानुपातिकतर्फको बन्द सूचिमा दैलेख र सुर्खेतका एक–एक जना मात्रै समेटिएका छन् । यो प्रदेशबाट समाजवादीले १६ जनाको नाम बन्द सूचिमा राखेको छ ।
दैलेखबाट महिलातर्फ प्रेम कुमारी बुढा र सुर्खेतबाट दलिततर्फबाट बसन्त कुमार विकको मात्रै नाम उल्लेख छ ।
खसआर्यतर्फ महिलामा रुकुमका कल्याणी खड्का पहिलो नम्बरमा छिन् । यस्तै, प्रेमकुमारी बुढा दैलेख, जयानन्दा रावल मुगु, मायाकुमारी ठकुल्ला डोल्पा र अछामपुरा भाम मुगु रहेका छन् ।
पुरुषतर्फ रुकुमका माधव गौतम, जाजरकोटमा दीपबहादुर थापा, डोल्पाका युवराज थकाली, कालिकोटका रविन्द्र शाही र हुम्लाका हरिलाल बुढाको नाम बन्द सूचिमा पठाइएको छ ।
दलिततर्फ पुरुषमा सुर्खेतका बसन्तकुमार विक र रुकुमका सुरज परियार तथा महिलातर्फ सल्यानका शारदा परियार र रुकुमका चिना विश्वकर्माको नाम बन्द सूचिमा उल्लेख छ ।
जनजाति कलष्टर प्रेमा लामा हुम्ला र कार्मा टुण्डुप लामा मुगु परेका छन ।
नेकपा एस कर्णाली प्रदे पदाधिकारीका अनुसार माथि उल्लिखित नामहरु बन्द सूचिमा समावेश भइसकेका हुन । यद्यपी पार्टीले चाहेको खण्डमा नाम तलमाथि गर्ने वा अर्को नाम पठाउने कार्य गर्न सक्ने ती नेताको भनाई थियो ।
यात, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले आफूले उक्त सूचिबारे जानकारी दिनै नमिल्ने बताए । ‘पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएका कारण मैले एक त थाहै पाएको छैन, दोश्रो थाहा पाएपनि मैले खुलाउन मिल्दैन ।’ पहिलोप्रेससँग सभापति शाहीले भने ।
यता, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव धनजित शाहीले पनि आफूलाई कसको नाम बन्द सूचिमा पठाइएको छ भनेर जानकारी नभएको बताए । ‘त्यो कुराको मलाई जानकारी भएन ।’ उनले भने ।
पहिलोप्रेस
८ आश्विन २०७९, शनिबार ११:००