कर्णाली प्रदेशबाट एमालेका प्रदेश र संघतर्फको समानुपातिक बन्द सूचिमा को समेटिए ?
सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेशबाट संघ र प्रदेशमा समानुपातिक प्रतिनिधित्व गर्ने उम्मेदवारहरुको सूचि निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक नाम अनुसार नै कर्णालीबाट संघ तथा प्रदेश सभाको सांसद हुने अवसर पाउने नेताहरुको विवरण पहिलोप्रेसलाई प्राप्त भएको छ ।
यद्यपी यो बन्द सूचि एमालेले आगामी असोज १६ गतेसम्म फेरबदल गरेर निर्वाचन आयोगमा बुझाउन पनि सक्छ ।
पहिलोप्रेसलाई प्रात सूचि अनुसार संघका लागि सात जनाको नाम बन्द सूचिमा समावेश गरेको हो ।
उक्त सूचीको पिछडिएको क्षेत्रमा एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीको नाम पहिलो नम्बरमा छ । यस्तै कालिकोटका प्रेमबहादुर सिंह, जुम्लाका मेनका प्रसाईको नाम पनि लिस्टमा छ । दैलेखका सुर्य कुमारी श्रेष्ठको नाम पनि यो सूचिमा उल्लेख छ ।
जनजातीतर्फ कालिकोटकी इन्दिरा सञ्ज्यालको नाम छ भने खस आर्यतर्फ सुर्खेतका गेहेन्द्र प्रसाद दाहालको नाम छ । यस्तै दलिततर्फबाट रुकुम पश्चिमका चन्द्रबहादुर विकको नाम बन्द सूचिमा परेको हो ।
प्रदेश सभातर्फ १६ जनाको बन्दसूचि पेश
कर्णाली प्रदेश सभामा समानुपातिक सिट संख्या १६ रहेको छ । यसकालागि एमालेले १६ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
एमालेले बुझाएको तर हालसम्म गोप्य रखिएको बन्दसूचिमा खस आर्यतर्फ महिलामा एक नम्बरमा सल्यानकि पुष्पा कुमारी बोहोराको नाम समेटिएको छ । यस्तै क्रमशः रुकुमका तुलसा मल्ल, सुर्खेतका कोकिला सिंह विसी, दैलेखका लक्ष्मी कार्की र कालिकोटका यशोदा कुमारी बरालको नाम उक्त सुचिमा उल्लेख छ ।
खसआर्य पुरुषतर्फ सुर्खेतका बालाराम शर्माको नाम पहिलो नम्बरमा छ । त्यस्तै दोश्रो नम्बरमा जुम्लाका शान्तिलाल महतको नाम छ भने ते।्रोमा हुम्लाका कलबहादुर हमालको नाम उल्लेख छ ।
चौथोमा कालिकोटका धीरबहादुर बमको नाम उल्लेख हुँदा पाँचौ नम्बरमा डोल्पाका तुलाचन्द बुढाको नाम बन्द सूचिमा रहेको हो ।
आदीवासी जनजातीतर्फ पुरुषमा दैलेखका कृष्ण कुमार थापा मगरको नाम छ भने महिलातर्फ सुर्खेतका नन्दा गुरुङको नाम उल्लेख छ ।
दलित महिलातर्फ दैलेखका गोमता विकको नाम पहिलो नम्बरमा उल्लेख हुँदा दोश्रो नम्बरमा सल्यानकी राधा सुनारको नाम उल्लेख छ ।
दलित पुरुषतर्फ जाजरकोटका नविन्द्र नेपालीको पहिलो नम्बरमा तथा मुगुका हिरा टमटाको नाम दोश्रो नम्बरमा छ ।
यी माथि उल्लिखित नामहरु मध्ये समानुपातिक तर्फ एमालेले पाउने मतको आधारमा क्रमस कलष्टर अनुसार पाँच देखि ६ जनाको नाम करिब निश्चित भएको हो ।
पहिलोप्रेस
८ आश्विन २०७९, शनिबार ०९:४६