Loading... आजः १ कार्तिक २०८२, शनिबार

कर्णालीका तीन सिट प्रतिनिधि सभा तथा कम्तिमा ६ सिट प्रदेशसभा आवश्यक पर्ने नेकपा एसको ‘बटमलाईन’

कुन जिल्लाको के मा दाबी ?


सुर्खेत ।
नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग प्रतिनिधि सभाको निर्वाचनमा कम्तिमा तीस सिट आफूले पाउनुपर्ने अडान राखेको छ ।

हिजो दिनभर भएको सत्तारुढ गठबन्धन दलहरुको वैठकमा यसअघि ४० ओटा सिट दाबी गर्दै आइरहेको नेकपा एसले तीस सिटमा ‘वार्गेनिङ्ग’ गर्ने प्रस्ताव पेश गरेको हो ।

‘पहिले हामीले चालीस सिट माग गरेका थियौं । अब हामी तीस सिट पाउनुपर्ने मागसहित वार्तामा छौं ।’ नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले पहिलोप्रेससँग भने, ‘त्यसैमा अब सहमति जुटला ।’

यता, संघको भागवण्डा नटुंगिएकै कारण प्रदेशतर्फ प्रवेश नै हुन नसकेको उनको भनाई छ ।

कर्णालीबाट नेकपा एसले प्रतिनिधिसभातर्फ सल्यान, दैलेख निर्वाचन क्षेत्र नम्बर एक र डोल्पालाई आफ्नो आधार क्षेत्र भएका कारण पाउनुपर्ने दाबी गरेको छ भने जुम्लामा अन्य दलसँग तालमेल र सहकार्यको आधारमा अघि बढन सकिने जनाएको छ ।

यस्तै समाजवादीले बाँकी कर्णालीका ६ जिल्लामा कम्तिमा प्रदेश सभातर्फ एक सिट पाउनुपर्ने दाबी गरेको हो ।

 

 


सम्बन्धित समाचार