Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा गठबन्धनको भागवण्डा अझै मिलेन, काँग्रेसको १३ सिटमा दाबी


सुर्खेत ।
सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका २४ ओटा प्रादेशिक निर्वाचन क्षेत्रको भागवण्डा हालसम्म मिलाउन सकेको छैन । कर्णालीमा नेकपा माओवादी, नेपाली काँग्रेस र एकीकृत समाजवादीको मात्रै गठबन्धन रहँदा पनि तीन दलले कति सिट लिने भन्नु टुंगो लगाउन हालसम्म नसकेका हुन ।

नेपाली काँग्रेसले आफूलाई १३ सिट चाहिने अडान कायमै राखेको छ भने माओवादीले काँग्रेस र आफूलाई बराबर सिट वितरण गर्नुपर्ने अडान राखेको छ ।

माओवादी स्रोतका अनुसार माओवादी र काँग्रेसले १०÷१० सिट लिने र नेकपा एसलाई चार सिट दिनुपर्ने प्रस्ताव अघि सारेको हो ।

दलहरुले उम्मेदवारका लागि टिकट वितरण गर्ने अन्तिम कसरत गरिरहेको समयमा सिट भन्दा बढि दाबी परेपछि सहमतिको प्रयास भइरहेको हो ।

कर्णालीमा सकेसम्म आफ्नै दलको २१ सिट पुगोस भन्ने चाहनामा काँग्रेस र माओवादी रहेका छन् ।

त्यस्तो हुँदा कर्णालीमा गठबन्धन निर्वाचन पछि भत्केपनि सरकार आफ्नै दलको बनाउने हिसाब निकाल्दै दलहरुको अडान कायमै रहेको स्रोतको दाबी छ ।


सम्बन्धित समाचार