Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा विसी र देवकोटाबीच टिकट फुत्काउन रस्साकस्सी

सुर्खेतमा एमालेबाट कसले पाउलान टिकट ?

सुर्खेत ।
नेकपा एमालेले आज दिउसो तीन बजेपछि सम्भवतः देशैभरका उम्मेदवारका आकांक्षीलाई टिकट दिने तयारी गरेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको निर्वाचन क्षेत्र नम्बर दुइबाट प्रतिनिधि सभाको टिकट कसले फुत्काउलान भन्ने चासो सर्वत्र देखिन थालेको छ ।

नेकपा एमालेबाट निर्वाचन क्षेत्र नम्बर एकबाट ध्रुवकुमार शाही, प्रदेश सभा ‘क’ बाट ठम्मर विष्ट र ‘ख’बाट खड्क खत्रीले टिकट पाउने निश्चित भइसकेको बेला प्रतिनिधि सभा क्षेत्र नम्बर दुइमा भने अन्यौलता कायमै छ ।

यहाँबाट उम्मेदवार बन्न एमाले जिल्ला अध्यक्ष अमृत विसी र उपाध्यक्ष कुलमणि देवकोटा उम्मेदवार बन्न प्रतिस्पर्धा गरिरहेका छन् । दुवै जना २०७४ सालमै वीरेन्द्रनगरको मेयर बन्न प्रयासरत थिए तर त्यतिबेला एमाले नेता बालाराम शर्माले टिकट पाए ।

त्यसपछि प्रदेश लडने भनेपनि एमाले नेता यामलाल कंडेल नै प्रदेश सभामा चुनाव लडने भएपछि उनीहरु दुवैको सपना पुरा भएन ।


२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि देवकोटा र विसी मेयर बन्न तीव्र दौडधुपमा थिए तर विसीको आमाको निधन हुँदा उनी उक्त रेशबाट बाहिरिन पुगे भने देवकोटाले प्रयास गर्दापनि मेयरको टिकट मोहनमाया ढकालले हत्याउन सफल भईन ।

अमृत विसी सहकारी अभियान्ताको रुपमा चर्चित छन् । सहनशील, धैर्य र इमान्दार छवि भएका विसी एमालेको राजनीति गर्ने भन्दै शिक्षक पेशाबाट राजीनामा दिएका थिए ।

उनले सहकारी क्षेत्रबाट सामान्य नागरिकसम्म पहुँच पु¥याएका छन् । शान्त स्वभावका विसीले सहकारी मार्फत कृषि क्षेत्रको विकासमा योगदान दिएका छन् । सामाजिक अभियान्ताको रुपमा स्थापित विसी मिलनसार छन् । जनताको सुख दुःखमा निरन्तर साथ दिने विसी यसपटक एमालेबाट प्रतिनिधि सभा सदस्य पदका कडा दावेदार हुन । उनी नराम्रो बोलेर कसैको पनि चित्त नदुखाउने नेतामा पर्छन ।

त्यागी नेताको रुपमा रहेका विसीले टिकट पाउने निश्चित भएको भन्ने बजारमा हल्ला चलेपनि उनको नाममा टिकट अझै ‘फिक्स’ भइसकेको छैन ।


यस्तै, उपाध्यक्ष देवकोटा पनि कम छैनन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रहेका देवकोटा हक्की स्वभावका छन् । उनी सित्तिमित्ति कसैलाई बचन नदिने, बचन दिए पुरा गरेर छोडने नेता मध्ये पर्छन ।

उनी खानेपानी अभियन्ता समेत हुन । सधैं खानेपानीको प्यासबाट वीरेन्द्रनगरलाई कसरी मुक्त पार्ने भन्ने ध्याउन्नमा लागिरहेका हुन्छन् । उनको कार्यकालमा भेरीबाट पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने योजनामा दातृ निकायसँग हस्ताक्षर समेत भइसकेको छ । यो आयोजना झण्डै ६ अर्बको हो ।
उनी खानेपानी संस्थाको अध्यक्ष बाहेक अन्यत्र कुनैपनि लाभको पदमा पुगेका छैनन् ।

यी दुइ जनाबीच तीव्र प्रतिस्पर्धा हुँदा टिकट कसलाई दिने भन्ने कुरा एमाले हाइकमाण्ड तथा एमाले प्रदेश इन्चार्ज यामलाल कंडेलको हातमा छ ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट एमाले नेता कंडेलको उम्मेदवारी तय हुँदा ‘ख’ मा भने दुइ जनाको दाबी रहेको छ । यहाँ ताराकेशर गौतम र देविराम भुषालको दाबी छ । एमाले स्रोतका अनुसार गौतमले टिकट पाउने सम्भावना प्रवल देखिएको छ ।


सम्बन्धित समाचार