Loading... आजः २५ फाल्गुन २०८१, आईतवार

खानेपानी मुहानमा अत्याधिक बाढी आउँदा वीरेन्द्रनगरमा खानेपानी आपुर्ति बन्द

धमिलाे पानी कम हुने वित्तिकै धारामा पानी पठाइने
केहि दिन अघि झुप्रा खोलाबाट ल्याइएको पाइपलाईनमाथि पहिरो खस्दा भएको क्षति पश्चातको पाइपलाईन पुर्ननिर्माण कार्य ।

सुर्खेत ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानीका सबै मुहानहरुमा अतयाधिका बाढी आएका कारण खानेपानी आपुर्ति बन्द भएको जनाएको छ ।

संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीले गएराती १२ बजेबाट खानेपानी आपुर्ति बन्द भएको जानकारी दिएका हुन ।

यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलानमाथि पहिरो खस्दा झण्डै दश लाख भन्दा बढिको क्षति हुँदा सुर्खेतमा केहि दिन पानी वितरणमा समस्या आएको थियो । उक्त समस्या समाधान हुने वित्तिकै फेरि मुहानमा आएको ठूलो बाढीले खानेपानी आपुर्तिमा व्यवधान खडा गरेको हो ।

इन्जिनियर तिवारीका अनुसार केहि दिनदेखि भइरहेको अविरल बर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोतहरु झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्याधिक बाढी आएका कारण असोज २० गते राती १२ः०० बजेबाट खानेपानी सेवा अवरुद्ध भएको हो ।

उनले पहिलोप्रेससँग भने, ‘स्रोतहरुमा बाढीको बहाव कमहुने वित्तकै मुख्य प्रसारण पाइपलाइनमा र धमिलोपना कम हुने बित्तिकै प्रसोधन केन्द्रहरुमा पानी राखि खानेपानी संचालन गर्ने गरि कर्मचारीहरु खटाइएका छौं ।’

 


सम्बन्धित समाचार