Loading... आजः २ कार्तिक २०८२, आईतवार

सल्यानमा पहिरोले तीन घर पुरिए, १२ चौपायाको मृत्यू


सुर्खेत ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. तीन सलाममा आज विहान अन्दाजी आठ बजेको समयमा घरमातिथबाट आएको पहिरोमा परेर तीन घर पुरिएका छन् भने १२ चौपायाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार केशर सिंह रानाको कच्ची घर र गोठ पुरिएको छ भने उनका चार वाख्रा मरेका छन् ।

यस्तै, वीर बहादुर रानाको कच्ची घर पुरिएको छ ।

विजयी सिंह बुढाको कच्चि घर गोठ, एउटा भैंसि, दुइ गोरु, दुइ खसी तीन वाख्रा पहिरोमा परेर पुरिएका छन् ।

उनका अनुसार तीन दिन देखि आएको अविरल वर्षाका कारण सल्यान जिल्लामा हालसम्म मानवीय क्षति भने भएको छैन ।

 


सम्बन्धित समाचार