एमाले प्रदेश इन्चार्ज कंडेलद्धारा जलमग्न उपत्यकाको तल्लो क्षेत्रको अवलोकन, कार्यकर्तालाई उद्धारमा जुटन निर्देशन

सुर्खेत ।
लगातारको वर्षाले वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र जलमग्न भएपछि आज अवलोकन गरेका छन् । उनले वर्षा निरन्तर बढदै गएको भन्दै यहाँ बसोबास गर्ने नगरिकहरुको उद्धार कार्यमा खट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

‘निरन्तरको वर्षातका कारण तल्लो क्षेत्र डुवानमा पर्दै गइरहेको छ ।’
एमाले जिल्ला प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले भने, ‘उहाँले आज विहान सबै स्थानको अवलोकन गर्नु भएको छ । वर्षात निरन्तर जारी भएका कारण जनधनको क्षेति हुनसक्ने भएका कारण यहाँ वसोवास गर्ने नागरिकको उद्धारका लागि तम्तयार रहन निर्देशन समेत दिनु भएको हो ।’








पहिलोप्रेस
२१ आश्विन २०७९, शुक्रबार ११:४०