टिकट नपाएपछि डा. रावलको टिप्पणीः समाचार हेर्दैछु, थप प्रतिक्रिया पछि दिउँला

सुर्खेत ।
नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावल अछाम प्रतिनिधि सभा एकबाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस भएपनि अध्यक्ष केपि शर्मा ओलीले उनको ठाउँमा झपट बोहोरालाई टिकट दिएका छन् ।
पार्टीको दशौं महाधिवेशनमा आफू विरुद्ध अध्यक्षमा उठेको रिस पोख्ने सुवर्ण अवसरको रुपमा टिकट वितरणलाई प्रयोग गर्दै अध्यक्ष ओलीले भीम रावलको च्याप्टर क्लोज गरिदिएका हुन ।
सामाजिक सञ्जाल देखि विभिन्न मिडियामा उनले टिकट नपाएको कुरा भाइरल भइसकेको छ । उनी निकटका कार्यकर्ताहरुले उनलाई टिकट नदिइएको भन्दै सामाजिक सञ्जालमा एमालेको चर्को विरोध गर्न थालिसकेका छन् ।
यता, टिकट नपाएपछि पहिलोप्रेससँग डा. रावले आफुलई टिकट वितरणबारे खासै जानकारी नभएको प्रतिक्रिया दिए । ‘म अहिले तपाईले सोधे अनुसार नै समाचार हेरिहेको छु ।’
नेता रावलले भने, ‘त्यसपछि थप प्रतिक्रिया दिउँला नि हुँदैन र ?’








पहिलोप्रेस
२१ आश्विन २०७९, शुक्रबार १८:१६