भारी बर्षाका कारण गुर्भाकोटमा झण्डै तीन दर्जन घरमा क्षति

खगेन्द्र हमाल/सुर्खेत ।
केही दिन यता जारी रहेको भारी बर्षाका कारण गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा तीन दर्जन भन्दा बढि घर भत्किुनका साथै भौतिक संरचना ठूलो क्षति भएको छ ।
अविरल बर्षाको कारण गुर्भाकोट ७ स्थित ईन्द्र बहादुर थापाको घरको पछाडिको भाग तारजालीको वाल सहित भत्किएर ठुलो क्षति भएको भने घर उच्च जोखिममा रहेको छ ।
गुर्भाकोट वडा नं. ११ आपसोतीका दुर्ग बहादुर खत्री, कुल बहादुर घर्ती, बराकाल्नाका जयलाल सार्की, घुमफाटका रुपीसरा बुढा, नन्दलाल दमाई नारंगेम सेरी धनीराम रोकाय, मान बहादुर खडका, लाल बहादुर सुनार, तेज बहादुर सुनार,आपगैराका रचना दर्लामी लगायतका २२ वटा भन्दा बढि घरहरुमा ठुलो क्षति भएको छ भने कतिपय अन्य घरहरु पनि जोखिममा रहेका छन ।
यसैगरी गुर्भाकोट वडा न. ९ पुराना गाउँमा पनि भारि बर्षाको कारण मनोज बुढा,कर्ण बाहादुर पुन र रन्नबाहादुर पुनको घरमा क्षति पु¥याएको छ । उनिहरु बस्दै आइरहेका घर जोखमपूर्ण अवस्थामा रहेका छन् ।
उनीहरु गाई भैंसी बस्ने गोठ्मा बस्न बाध्य भएका छन ।
झण्डै तीन जर्दन भन्दा बढी घरहरु भत्किएका छन भने विभिन्न स्थानमा बाढी पहिरोका कारण घरहरु जोखिममा रहेका छन ।
मानवीय क्षति भने अहिलेसम्म कुनै पनि भएको छैन ।
कतिपय स्थानमा प्रशासन पुगेको भएतापनी अहिलेसम्म खासै राजनीतिक नेतृत्वहरुको नभएको पीडितहरुले दुखेसो पोखेका छन् ।








पहिलोप्रेस
२१ आश्विन २०७९, शुक्रबार १८:३९