Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतमा डण्डीलाई टिकट दिए आफू चुनाव नलड्ने इन्चार्ज कंडेलले दिए महासचिव पोखरेललाई धम्की

खोसिएला त डण्डीको टिकट ?

सुर्खेत ।
नेकपा एमाले भित्रको टिकटको रस्साकस्सी चरम सिमामा पुगेको पाइएको छ । नेकपा एमालेले सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा ‘ख’ मा डण्डीप्रसाद शर्मालाई टिकट दिने निर्णय गरेको थियो ।

एमालेको उक्त निर्णय पश्चात एमाले प्रदेश इन्चार्ज यामलाल कंडेलले आज विहानै पार्टी अध्यक्ष केपि शर्मा ओली र महासचिव शंकर पोखरेललाई सुर्खेतमा आएर चुनाव लडनसमेत भनेका छन् ।

‘उहाँले महासचिव कामरेड र अध्यक्ष कामरेडलाई आज विहान फोन गर्नु भएको थियो । डण्डीलाई दिएको टिकटको निर्णय फिर्ता गरेर खड्क खत्रीलाई टिकट नदिएको खण्डमा आफूहरु चुनाव नलडने बरु कसलाई चुनाव लडाउने हो त्यतैबाट पठाइदिन भन्दै धम्की दिनुभयो ।’

एमाले उच्च स्रोत भन्छ, ‘यो धम्कीका कारण महासचिव पोखरेलले केहि समयमा छलफल गर्ने आश्वान दिएका छन् ।’

हिजो शर्माले टिकट पाएपछि आज विहानै इन्चार्ज कंडेल र निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाका उम्मेदवार ध्रुवकुमार शाहीले एमालेको जिल्ला कमिटि वैठक बसाल्न उर्दि समेत जारी गरेका थिए ।

दुइ नेताको सामू निरीह सुर्खेत एमालेले उनीहरुले भनेजस्तै निर्णय गरिदिएको छ ।

यस्तो छ निर्णय
नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत १ (ख) को टिकट परिवर्तन नभए निर्वाचन जिताउन नसकिने र हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृतकुमार विसीको अध्यक्षतामा आज विहान बसेको बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री खड्कवहादुर खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य डण्डीप्रसाद शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिपरित भएको निर्णय गरेको छ ।

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीका विरुद्धमा सार्वजनिकरुपमा लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने ठहरसमेत गरेको छ ।

‘शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गर्दछ,’ निर्णयमा उल्लेख गरिएको छ ।

खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकलरुपमा नाम सिफारिस गरेको थियो । एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका थिए ।

आउँदो मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार चयन गरिरहेका छन् । यसअघि शर्माले सुर्खेतको प्रतिनिधि सभा १ मा उम्मेदवार बन्ने चाहाना राखेपनि एमाले समन्वय कमिटीको बैठकले निवर्तमान सांसद धुर्वकुमार शाहीलाई सिफारिस गरेको थियो ।


सम्बन्धित समाचार