व्रेकिङ्गः दैलेख २ ‘ख’मा योगेन्द्र र विनोदको भीडन्त हुने पक्का
सुर्खेत ।
नेकपा एमाले अर्थ विभागका केन्द्रीय सचिव योगेन्द्र शाही नेकपा माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’ बाट चुनाव लडने भएका छन् ।
युवामाझ लोकप्रिय र वौद्धिक नेताको छवि बनाएका नेता शाहीलाई नेकपा एमालेमा रहँदा एमालेका नेताहरुले जहिले पनि किनारामा पार्ने गरेका थिए ।
एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य सम्म बन्न नदिएका एमाले नेताहरुको ‘शेखि’ झार्न र युवाहरुको पहिचान स्थापित गराउन नेता शाही आज माओवादीमा प्रवेश गर्दै उक्त क्षेत्रबाट चुनाव लडने निश्चित भएको हो ।
‘उहाँले टिकट पाइसक्नु भएको छ ।’ माओवादी उच्च स्रोतले पहिलोप्रेससँग भन्यो, ‘उहाँले अब उक्त क्षेत्रमा नेकपा माओवादीको वागडोर सम्हाल्नुहुनेछ ।’
श्रीमतीलाई टिकट दिएर हार व्यहोरेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहसँग उनले अब प्रतिस्पर्धा गर्ने भएका छन् । सधैं सत्ताको वरिपरि रहन चाहने शाहलाई योगेन्द्रले कडा चुनौती दिने भएका छन् ।
एमालेका अधिकांश मत योगेन्द्र शाहीलाई जाने र गठबन्धनका मत पनि योगेन्द्रले नै पाउने भएका कारण यो क्षेत्रमा योगेन्द्रको जीत करिब निश्चित भएको राजनीतिक जानकार बताउँछन् ।
पहिलोप्रेस
२३ आश्विन २०७९, आईतवार ०९:३६